गौतमबुद्ध विमानस्थलले छ महिनामै सक्यो सरकारी बजेट, अर्थमन्त्रालयद्धारा ४ अर्ब थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2019 | 11:22:43 AM मा प्रकाशित

laxmi  sunrise bank

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागी सरकारले बजेट थप गरेको छ । चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट आयोजनाले छ महिनामै खर्च गरेपछि सरकारले थप बजेट विनियोजन गरिदिएको हो । अर्थ मन्त्रालयले आयोजनाका लागि ४ अर्ब बजेट रकमान्तर गरिदिएको छ ।

आयोजना प्रभावितलाई मुआब्जा वितरणका लागि चार अर्ब रकामान्तर गरिएको अर्थ मन्त्रालयले जानाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले चालु वर्षमा विनियोजन भएको बजेट सकिएको भन्दै थप ८ अर्ब माग गरेको थियो ।

चालु वर्षका लागि जग्गा अधिग्रहणका लागि ५ अर्ब पाएको उक्त आयोजनाले सबै बजेट खर्च भईसकेको जनाएको छ ।

२३ अर्ब रुपैयाँ मुआव्जाबापत खर्च हुने अनुमान गरेको आयोजनाले हालसम्म १४ अर्ब रुपैयाँ वितरण गरिसकेको छ । अर्को वर्षको असोजबाट विमानस्थल संचालन हुने र सो समयसम्म सबै मुआब्जा वितरण गरिसक्ने लक्ष्यसहित थप बजेट माग गरिएको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।

२२८ विगाह जग्गा अधिग्रहणका लागि नागरिक उड्डयन प्राधिकरणले २ वर्ष अघि प्रक्रिया अघि बढाएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved