काठमाडौँलाई विश्वकै उत्कृष्ट गन्तव्यमा राख्न डेढ करोड लेनदेनको आरोप

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 18, 2019 | 01:00:12 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रसिद्ध ट्राभल साईट लोन्ली प्लानेटले काठमाडौँलाई सन् २०१९ मा विश्वका घुम्नैपर्ने शहरको सूचीमा राखेपछि पर्यटन क्षेत्रमा उत्साह थपिएको छ । पर्यटन व्यवसायीहरु यसलाई सुखद संकेतको रुपमा लिन थालेका छन् । सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सहित मनाउन लागिएको नेपाल भ्रमणलाई पनि यसले सहयोग पुर्याउने विश्वास लिईएको छ ।

‘प्लानेटले नुनको सोझो गर्यो’

तर नेपालको पर्यटन पर्वद्धनको मुख्य जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले आफ्नो बजेटमार्फत नै लोन्ली प्लानेटलाई १ करोड ६० रुपैयाँ तिरेर प्रचार गर्ने जनाएको थियो । लोन्ली प्लानेटले अहिले विश्वका घुम्न लायक १० शहरको सूचीमा नेपालको काठमाडौँलाई पाँचौ नम्बरमा राखेपछि पर्यटन बोर्डले पैसा तिरेर सूचीमा समावेश गर्न लगाएको भनेर आलोचना भईरहेको छ ।

‘बोर्डले बजेटमार्फत नै पैसा दिने भनेको थियो, दियो होला अनि लेख्दियो नि’ एक जना आलोचकले भने, ‘नत्र काठमाडौँमा के छ र त्यस्तो ?’ भूकम्पपछि बन्नुपर्ने ऐतिहाँसिक र धार्मीक सम्पदा अझै बन्न नसकेको भन्दै काठमाडौँ भन्दा बाहिर धेरै सुन्दर ठाउँहरु रहेको उनको भनाई छ ।
अर्का एकजना पर्यटनका जानकार पनि पर्यटन बोर्डमा काठमाडौँका रैथाने नेवार समुदायको बाहुल्यता रहेकोले उनीहरुले काठमाडौँलाई नै फोकस गरेर लोन्ली प्लानेटलाई लेख्न लगाएको बताउँछन् । ‘लोन्ली प्लानेटले पैसा पाउने आशमा लेखेको हो’ उनले भने ।

बोर्ड भन्छ,‘आरोपमा सत्यता छैन’

तर नेपाल पर्यटन बोर्डले भने आलोचनालाई अस्वीकार गरेको छ । बोर्डका सूचना अधिकारी अदित्य बराल लोन्ली प्लानेटले अनुसन्धान गरेर वर्षैपिच्छे नयाँ सूची सार्वजनिक गर्ने बताउँछन् । ‘लोन्ली प्लानेटको मूल्यांकन गर्ने आफ्नै आधार छन्, उसले लेखेका किताब पढेर आउने फिडब्याक र ब्लगबाट आउने प्रतिक्रियाका आधारमा उसले सूची सार्वजनिक गर्छ’ बरालले भने । ‘पैसा तिरेर लेख्न लगाएको भन्ने कुरा होईन, बोर्डभन्दा धनी छ लोन्ली प्लानेट’ उनले भने,‘हामीभन्दा कयौँ धनी देशले पनि पैसा दिएका होलान् नि पैसा दिएर लेख्ने भए उनीहरुको नाम किन आएन ? अरु देशहरु पैसा दिन नसक्ने छन र ?’

बराललका अनुसार पर्यटन बोर्डले बजेटमा दिने भनेर उल्लेख गरेको १ करोड ६० लाख रुपैयाँ लोन्ली प्लानेटलाई दिईएको छैन । नेपालको प्रचार गर्न भनेर दिने भनिएको रकम छुट्याएपनि आन्तरिक प्रशासनिक काम बाँकी रहेका कारण दिन ढिलाई भएको उनले बताए ।

प्लानेटले घुम्नलायक उत्कृष्ट १० शहरको पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्वियाको नोभीसाड, चौथोमा अमेरिकाको मियामी, पाँचौँमा नेपालको काठमाडौं, छेठौँमा मेक्सिको शहर, सातौँमा सेनेगलको डाकार, आठौँमा अमेरिकाको सिएटल, नवौँमा क्रोएशियाको जदार र दशौँमा मोरक्कोको मेक्नेसलाई राखेको छ ।

यसअघि:

विश्वका घुम्न लायक शहरको सूचीमा काठमाडौँ पाँचौ नम्बरमा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved