२२ हजार नेपाली ट्रेकिङ गाइडलाई अन्तराष्ट्रिय मान्यता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2019 | 01:09:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली ट्रेकिङ गाइडले विश्वभरि माउन्टेन लिडरको मान्यता पाउने भएका छन् । २२ हजार नेपाली ट्रेकिङ गाइडलाई नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले युनियन अफ इन्टरनेसनल माउन्टेन लिडर एसोसिएसन (यूआईएमएलए) को पाठ्यक्रमअनुसार तालिम दिएर विश्वव्यापी मान्यता पाउने माउन्टेन लिडर बनाउने तयारी गरेको हो ।

विश्वभरिका ट्रेकिङ गाइडको संगठन यूआईएमएलएको सदस्य बनेपछि नेपाली ट्रेकिङ गाइडले पनि विश्वभरि मान्यता पाउने छन् । यूआईएमएलएमा २४ देश सदस्य छन् । यूआईएमएलएले स्वीकृत गरेको पाठ्यक्रमअनुसार यस वर्ष ७ सय ५० गाइडलाई तालिम दिईएको र आगामी वर्ष विश्वव्यापी मान्यता पाउने गरी तालिम दिने नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका प्रशासकीय अधिकृत उत्तम भट्टराईले बताए ।

पर्यटन ऐन २०३५ ले पथ प्रदर्शक उल्लेख गरे पनि पर्यटन विभागले टुर, सिटी, ट्रेकिङ र पोर्टर गाइडमा वर्गीकरण गरी इजाजत दिँदै आएको छ । विभागको तथ्यांक अनुसार नेपालमा २२ हजार गाइड छन् ।

तालिम र इजाजत प्राप्त दक्ष गाइड बढ्दा पदयात्रीको सुरक्षा बढेको, व्यक्तिगत दुर्घटना बिमाको अनिवार्य व्यवस्था भएको र श्रम ऐनअनुसार पारिश्रमिक पाउन थालेको नेपाल ट्रेकिङ गाइड एसोसिएसनका अध्यक्ष कर्ण घलेले बताए ।

५८ नेपाली गाइडले विश्वभरिका हिमालमा काम गर्ने अन्तर्राष्ट्रिय गाइडको इजाजत पाएका छन् । यसैका आधारमा सरकारले अन्तर्राष्ट्रिय माउन्टेन गाइडलाई मान्यता दिएर छैटौं तहको प्रमाणपत्र दिने निर्णय गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved