बुद्ध एयरले किन्यो सेकेण्ड ह्यान्ड विमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2019 | 03:41:43 PM मा प्रकाशित

laxmi  sunrise bank

हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गरेको छ । भारतको कलकत्तामा नयाँ उडान भर्ने लक्ष्यका साथ बुद्धले १ अर्ब लागतमा सेकेण्ड ह्यान्ड विमान खरिद गरेको हो । विमान मार्च दोस्रो साता फ्रान्सबाट काठमाडौं आइपुग्ने जनाईएको छ ।

बुद्धले ल्याउन लागेको जहाजको सिट क्षमता ७२ छ । बुद्ध एयरका अनुसार विमान काठमाडौं ल्याएपछि केही दिन रंगरोगन हुनेछ । बुद्धका बजार निर्देशक रुपेश जोशीले विमान नेपाल ल्याउनका लागि शनिबार नौ जना क्याप्टेन तथा इन्जिनियरको टोली फ्रान्स जादैछन् ।

जोशीका अनुसार बुद्धले अप्रिल १ अर्थात् चैत १८ गतेबाट भारतको कलकत्तामा नयाँ उडान सुरु गर्नेछ । बुद्धले साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन कलकत्ता उडान भर्नेछ । हाल उक्त एयरले भारतको बनारसमा सोमबार र शुक्रबार गरी साताको दुई दिन अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

आन्तरिक उडानतर्फ भने बुद्धले हाल ११ विमानबाट दैनिक दर्जन बढी गन्तव्यमा उडान भर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved