बुधबारदेखी पोखरामा प्याराग्लाइडिङ उडान बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2019 | 12:00:18 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरामा बुधबारदेखी प्याराग्लाइडिङ उडान बन्द हुने भएको छ । पोखरा महानगरपालिकाले ‘कर नतिरेको’ भन्दै बुधबारदेखि प्याराग्लाइडिङ उडान बन्द गर्ने भएको हो ।

‘हामीले भोलि (फागुन २२ गते) देखि पोखरामा हुने सबै अवैध उडानहरु बन्द गर्ने निर्णय गरेका छौँ’, महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रणबहादुर थापाले भने, ‘करको दायरामा नआउनेहरुले उडान भर्न पाउँदैनन् ।’

पोखरा महानगरको नगर परिषदले आर्थिक वर्ष २०७५/०७६ मा प्रत्येक प्याराग्लाइडिङ कम्पनीबाट २५ हजार वार्षिक शुल्क लिने निर्णय गरेको थियो । महानगरको सबैभन्दा धेरै प्याराग्लाइडिङ उडान हुने प्रमुख स्थान वडा नम्बर १८ मा पर्ने सराङकोट डाडा हो ।

गण्डकी प्रदेश सरकारले पनि प्याराग्लाइडिङ कम्पनीलाई करको दायरामा ल्याउने भन्दै वार्षिक एक लाख रुपैयाँ शुल्क कायम गरेको थियो । प्रदेश सरकारले शुल्क उठाउने जिम्मेवारी भने स्थानीय सरकारलाई नै सुम्पेको छ । आफूहरु दोहोरो शुल्कको मारमा परेको भन्दै व्यवसायीहरुले कर तिर्न आनाकानी गर्दै आइरहेका छन् । पोखरामा ६० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीले व्यावसायिक उडान भर्दै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved