त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2019 | 11:19:12 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत्र २८ गतेदेखी बन्द हुने भएको छ । हाल दैनिक २१ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल चैत १८ (अप्रिल १०) देखि २०७६ असार १५ (जुन ३०) सम्म दैनिक १० घण्टा बन्द हुने भएको हो ।

विमानस्थलको एक मात्र ३ हजार ५० मिटर लामो धावनमार्ग जीर्ण भएपछि त्यसलाई पुननिर्माण गर्न राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्न लागिएको हो । राति १० बजेदेखि ३ बजेसम्म र बिहान ५ बजेदेखि ८ बजेसम्म हुने उडान दिउँसो हुनेछन् ।

‘अहिले विमानस्थलबाट दैनिक तीन सय उडान हुँदै आएका छन’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले भने, ‘जीर्ण बनेको धावनमार्ग बनाउन उडान बन्द गर्नुपर्ने भएकाले अहिले भईरहेका उडानमा १५/२० प्रतिशत कटौती हुन सक्छ ।’

‘पुननिर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । नागकिर उड्ययन प्राधिकरणले २०३२ सालमा २ किलोमिटर मात्रै लम्बाइ रहेको धावनमार्गमा एक किलोमिटर थपेर तीन किलोमिटर बनाएको थियो । त्यसयता सामान्य मर्मतसम्भार गर्दै धावनमार्ग सञ्चालन भईरहेको छ ।

ठेक्का पाएको चीनियाँ कम्पनीसँग दैनिक १ सय ५० मिटर लम्बाइ तथा २५ देखि ६० मिटरसम्म चौडाइका दरले धावनमार्ग सुधार गर्दै तीन महिनाभित्र सबै काम सक्ने गरी ३ अर्ब ७८ करोड रुपैयाँमा सम्झौता भएको छ । ठेकेदारले धावनमार्गबाहेक ट्याक्सी–वे र ड्रेन पूर्वाधार सुधारको लागी १८ महिनाको समयावधि पाएको छ ।

विमानस्थल विकास शुल्कमार्फत उठेको रकमले विमानस्थलको जीर्णोद्धार गर्न लागिएको हो । आर्थिक वर्ष २०७१÷७२ देखि यो शीर्षकमा उठाउँदै आईएको रकम हालसम्म ७ अर्ब ५९ करोड रुपैयाँ संकलन भइसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved