तीन नम्बर प्रदेशको पर्यटन विकास, सरकार भन्छ,‘यसवर्ष खर्चै भएन’

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 10, 2019 | 11:50:03 AM मा प्रकाशित

laxmi  sunrise bank

तीन नम्बर प्रदेश सरकारले गत असोज २२ गते पर्यटन विकास आयोजना नामक संरचनाको गठन गर्यो । कार्तिक १९ गते प्रदेशका उद्योग, वन, वाताबरण तथा पर्यटनमन्त्री अरुण नेपालको उपस्थितीमा कार्यालय उद्घाटन भयो । प्रदेशभरका प्राकृतिक, सांस्कृतिक, धार्मीक र विश्व सम्पदा सूचीमा समावेश पर्यटकीय गन्तव्यको संरक्षण गर्ने यसको मुख्य उदेश्य हो ।

किन आयो पर्यटन विकास आयोजना ?

५ वर्षभित्र प्रदेशका सबै जिल्लामा नयाँ पर्यटकीय गन्तव्यको विकास, पहाडी क्षेत्रमा कम्तीमा हप्ता दिनसम्म घुम्न र बस्न सकिने स्थानको पहिचान गरी ती स्थानमा पूर्वाधारको विकास गर्ने आयोजनाको लक्ष्य छ ।

प्रदेशभरीको पर्यटनको मास्टर प्लान बनाउने, डिपिआर तयार गर्ने, प्रदेशको पर्यटनलाई ब्राण्डिङ गर्ने, प्रचारप्रसार गर्ने र डिपिआर बनेर आएका योजनाको निर्माण गर्ने आयोजना प्रमुख राजु क्षेत्री बताउँछन् ।

सरकारले केही महिना अगाडी भिजिट नेपाल २०२० को लक्ष्यलाई सहयोग पुग्ने भन्दै देशैभरबाट सय वटा नयाँ पर्यटकीय गन्तव्यको नाम सार्वजनिक गर्यो । यसरी सार्वजनिक भएका गन्तव्यमा स्थापीत गन्तव्यमा २५ वटा र स्थापीत गरिनुपर्नेमा १७ वटा गन्तव्य प्रदेश  नम्बर तीनमा छन् । ती स्थानमा पूर्वाधार विकास गर्ने योजना समेत रहेको आयोजनाले जनाएको छ ।

आयोजनाको काम के ?

यस आयोजना भित्र अहिले पूर्वाधार शाखा, पर्या–पर्यटन शाखा, योजना शाखा र आर्थिक प्रशासन शाखा छन् । आयोजना प्रमुखको कार्यभर राजु क्षेत्रीले सम्हालेका छन् । अहिले यस आयोजनामा १५ जना कर्मचारी छन् । विभिन्न कार्यालयका कर्मचारीलाई काजमा लिएर काम गर्दै आईएको आयोजना प्रमुख क्षेत्रीले जनकारी दिए ।

प्रदेश सरकार मातहतमा अहिले १७१ वटा पर्यटन सम्बन्धि कार्यक्रम छन् । केन्द्र सरकारले दिएको २५ वटा योजना पनि यही आयोजनाले हेर्नेछ । यसबाहेक १० करोडका जिल्ला स्तरका योजना पनि यही कार्यालयले सञ्चालन गर्दैछ । अहिले पर्यटन विकास आयोजनासँग प्रदेश सरकार र केन्द्र सरकारका ९२ करोड र जिल्ला स्तरका १० करोड गरी अर्ब बढीका योजना छन । जिल्ला स्तरका योजना भने पुरातत्व विभाग लगायतका निकायसँग सहकार्य गरेर सक्ने आयोजनाको लक्ष्य छ ।

जिल्लामा वन, वाताबरण हेर्ने वन कार्यालय, भूमीसुधार कार्यालय छन् । तर पर्यटन हेर्ने कुनै निकाय छैनन् । त्यसैले प्रदेश सरकारले अहिले प्रदेश भित्रका जिल्लाका वन कार्यालयको अधिकृत स्तरको कर्मचारीलाई पर्यटनको काम हेर्ने जिम्मा दिएको छ ।

आयोजना मोडलमा काम गन सहज हुने भएपछि संघियताको कार्यान्वयनको चरणमा रहेको नेपालका लागी प्रदेश सरकारहरुमध्ये पहिलो पर्यटन आयोजना बनाएको तीन नम्बर प्रदेशले हो । अन्य प्रदेशमा पर्यटन सम्बन्धि गतिविधिका लागी मन्त्रालय बाहेकका निकाय बनेका छैनन् ।

यस वर्षको खर्च कति ?

विस्तारै लयमा आउन लागेको पर्यटन विकास आयोजनाको कुल बजेटमध्ये हालसम्म कति खर्च भयो भन्ने विषयमा आयोजना प्रमुखले निकै न्यून खर्च भएको जनाए । विजपाटीसँगको कुराकानीमा प्रमुख क्षेत्रीले योजना निर्माण भएपछि मात्रै भूक्तानी दिने प्रणाली भएकोले खर्च निकै न्यून रहेको बताए । उनले हालसम्म भएको खर्च यति नै हो भनेर जानकारी दिन चाहेनन् । माघ १ गतेबाट मात्रै अलि रफ्तारमा काम भएको भन्दै उनले सम्झौता भएका योजना धेरै भएकोले खर्च कम भएको बताए ।

निर्माण सम्पन्न गरेर आएपछि एकैपटक भूक्तानी दिने हुँदा अब भूक्तानी लिन आउनेको संख्या बढ्ने उनको भनाई छ । आयोजनाले ५० लाखभन्दा साना योजनामा उपभोक्ता समिति मार्फत काम भईरहेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved