फेब्रुअरीमा सवा एक लाख पर्यटक नेपाल भित्रिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2019 | 04:34:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०१९ को फेब्रुअरीमा एक लाख २४ हजार ४२१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यीमध्ये ९७ हजार ६९४ पर्यटक हवाई मार्ग र २६ हजार ७२७ जना पर्यटक स्थल मार्ग भएर नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या गतवर्षको यो महिनाको तुलनामा ३९ प्रतिशतले धेरै हो ।

यसवर्षको फेब्रुअरीमा भारतबाट नेपाल आउने पर्यटक गतवर्षको यो महिनाको भन्दा दोब्बरले बढेका छन् । सार्क राष्ट्रबाट फेब्रुअरीमा ३१ हजार ८३१ पर्यटक नेपाल आएका छन् । यो संख्या गतवर्षको फेब्रअरीको तुलनामा ८५ प्रतिशतले बढी हो ।

फेब्रअरीमा १६ हजार २०५ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । गतवर्षको फेब्रुअरी महिनाको तुलनामा थाइल्याण्डबाट नेपाल आउने पर्यटकको संख्या एक सय नौ प्रतिशतले बढेको छ भने जापानबाट २० प्रतिशत र कोरियाबाट ४७ प्रतिशत बढेका छन् ।

फेब्रुअरीमा बेलायतबाट  पाँच हजार २६८, जर्मनीबाट तीन हजार ३४० र फ्रान्सबाट एक हजार ९७८ पर्यटक नेपाल भित्रिएका छन् । अमेरिकाबाट नेपाल आउने पर्यटक सात हजार १३३  छन् । यो संख्या गत वर्षको फेब्रुअरीको तुलनामा पाँच प्रतिशतले बढी छ । अष्ट्रेलियन पर्यटक दुई हजार ९७८ पुगेका छन् ।

सन् २०१९ को जनवरीमा ९२ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

कुन देशबाट कति पर्यटक भित्रिए ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved