पर्यटन उद्योगमा सरकारको एकवर्षः हल्लिखल्ली ज्यादा, काम सामान्य

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 15, 2019 | 01:29:46 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन उद्योग सेवा मूलक उद्योग हो । २०७५ साल विभिन्न किसिमले पर्यटन क्षेत्रका लागी चर्चाको वर्ष बन्यो । नेपाल भ्रमण वर्ष २०२० को तयारी, इतिहासमै १२ लाख पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक लगायतले नेपालको पर्यटन उद्योगको भविष्य चम्किलो देखियो । यसलाई चम्काउन भूमिका खेलेका पर्यटनमन्त्री रवीन्द्र अधिकारी दिवंगत भईसकेका छन् ।

वाइडवडी काण्डमा मन्त्री अधिकारी (स्वर्गीय) र सचिव कृष्णप्रसाद देवकोटा (हाल युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भईसकेका) को नाम जोडिएपछि पर्यटन व्यवसायी जुरमुराए । उनीहरुले मन्त्री अधिकारीलाई साथ दिने सामूहिक निर्णय गरे । पर्यटन क्षेत्रमा क्रियाशिल टान, हान, नाट्टा, एनएमए लगायतका संगठनहरुले पर्यटन क्षेत्रलाई नै ध्वस्त पार्ने गरी वाइडवडीको प्रपोगाण्ड रचिएको आरोप मात्रै लगाएनन् नेपालको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउन निगमले जहाज ल्याएको भन्दै महाप्रवन्धक सुगतरत्न कसांकारलाई धन्यवाद समेत दिए ।

विश्लेष डाक्टर सुरेन्द्र केसी वायु सेवा निगम सक्ने र विदेशी एयरलाईन्स पोस्ने तत्वले यो हौवा मच्चाएको टिप्पणी गर्छन् । नाम ज–जसको जोडिएपनि यसको डिजाइनर भने विदेशी एयरलाईन्सका मालिक भएको उनको दाबी छ ।

सरकार गठन भएको वर्षदिनमा प्रशासनिक सुधारका कामहरु धेरै भए । वर्षौसम्म स्थानीय निकायको निर्वाचन नभएको अवस्थामा मैमत्ता भएर बसेका कर्मचारीलाई सहि मार्गमा ल्याउन पनि यो वर्ष केही सकारात्मक सुरुवात भएका छन् । पर्यटन क्षेत्रमा मात्रै हेर्ने हो भने पनि केही सुधारका कामहरुको सुरुवात भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक २२ घन्टा उडान, देशका केही ठाउँमा राती पनि आन्तरिक उडान लगायतका सुधार भएका छन् । त्रिभुवन विमानस्थलको धावनमार्ग आगामी अप्रिलदेखी पुननिर्माण गरिँदैछ । काठमाडौँ एयरपोर्टको विकल्पका रुपमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा छ । पोखरा विमानस्थल निर्माणले पनि गति लिएको छ । बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागी केही नीतिगत काम भएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० अहिले निकै हल्लिखल्लीमा छ । उद्योगी सुरज वैद्यको नेतृत्वमा कार्यदल बनेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको यो अभियानले कत्तिको सार्थकता पाउला, त्यो भने आगामी वर्ष थाहा हुनेछ ।

युरोपका देशमा नेपाली जहाज उडानको बाटो बन्द छ, यसलाई खुला गर्ने सरकारको आश्वासन भएपनि यो काम बन्न सकेको छैन । भारतले थप हवाई रुट दिने भनिएपनि यसको आधिकारीक जानकारी कतै आएको छैन । जापान र कोरिया उडानका लागी बहस भएपनि फलदायी बन्न सकेको छैन । यी यस्ता काम हेर्दा सरकार गठनको वर्षदिनमा पर्यटन उद्योगलाई सघाउ पुग्ने गरी वायु सेवा निगमले वाइडवडी जहाज किनेको बाहेक अरु प्रत्यक्ष सहयोग पुग्ने काम भएको देखिदैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved