भ्रमण वर्षका संयोजकलाई २० लाखसम्म खर्च गर्ने अख्तियारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2019 | 12:07:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल भ्रमण वर्ष–२०२० का संयोजकलाई एक पटकमा २० लाखसम्म खर्च गर्न पाउने अधिकार दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सह–सचिव घनश्याम उपाध्यायका अनुसार मन्त्रिपरिषद्को फागुन २८ को बैठकले पारित गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ को कार्यविधिमा राष्ट्रिय संयोजकलाई एक पटकमा २० लाख खर्च गर्ने अधिकार दिईएको हो । अतिथि सत्कारका लागि गरिने खर्च भने एक पटकमा २५ लाख रुपैयाँ कायम गरिएको छ ।

कार्यविधि नबन्दा भ्रमण वर्षका संयोजकले खर्च गर्न पाएका थिएनन् । बजेट विनियोजन भएपनि कार्यविधिको अभावमा खर्च गर्न नपाएको भ्रमण वर्ष कार्यदलले अब खर्च गर्न पाउने भएको हो । सरकारले उद्योगी सुरज वैद्यलाई भ्रमण वर्षको राष्ट्रिय संयोजक चयन गरेको छ ।

कार्यविधिअनुसार सूचीकृत आपूर्तिकर्ता, निर्माण व्यवसायी वा सेवा प्रदायकबाट १० लाख रुपैयाँसम्मको खरिद गर्न सकिनेछ । १० लाखदेखि २० लाखसम्मको खरिदमा कम्तीमा तीन आपूर्तिकर्ता, निर्माण व्यवसायी वा सेवा प्रदायकबाट दरभाउपत्र प्रस्ताव लिई राष्ट्रिय संयोजकको स्वीकृतिपछि खरिद गर्न सकिने छ । २० लाखभन्दा बढीको खरीदका हकमा राष्ट्रिय बोलपत्र (टेण्डर) प्रक्रिया अबम्बन गर्नुपर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved