टान अध्यक्ष दाहालले पर्यटन व्यवसायीकै नाक काटेको आरोप

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 26, 2019 | 12:46:50 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) ले पदयात्रामा विदेशी लगानी ल्याउन लागेको भन्दै सरकारको विरुद्धमा विज्ञप्ती निकालेपछि अहिले सर्वत्र टानको विरोध सुरु भएको छ । ट्रेकिङ व्यवसायीको छाता संगठन टानले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि कानुनलाई शंसोधन र एकिकरण गर्न बनेको विधेयकले पदयात्रामा विदेशी लगानी ल्याउन लागेको भन्दै विज्ञप्ती नै निकालेर आन्दोलनको चेतावनी दिएको थियो । उक्त बिज्ञप्तिमा टानका अध्यक्ष नबराज दाहालले हस्ताक्षर गरेका थिए । 

तर विधेयकमा कुन कुन क्षेत्रमा बैदेशिक लगानी भित्र्याउन पाइने र कुन क्षेत्रमा नपाइने भन्ने स्पष्ट व्यवस्था छ । बिधेयकको दफा ३ को उपदफा २ मा ‘बिदेशी लगानी खुला नगरिएका उद्योग वा व्यवसाय’ बारे स्पष्ट गरिएको छ । अनुसूची ४ मा ट्रेकिङ लगायतका बिभिन्न क्षेत्रमा बैदेशिक लगानी ल्याउन नपाइने लेखिएको छ । 

नेपाल एसोसियसन अफ ट्राभल एण्ड टूर एजेन्ट (नाट्टा) का अध्यक्ष सि.एन. पाण्डेले टानले विधेयक अध्ययन नै नगरी विज्ञप्ती निकालेर पर्यटन व्यवसायीकै वेइज्जत गरेको प्रतिक्रिया दिए । विधेयकमा उल्लेख भएका विषयलाई नाट्टाले समर्थन गर्ने भन्दै उनले टानका अध्यक्ष दाहाललाई विधेयक हेदै नहेरी जारी गरिएको विज्ञप्ती फीर्ता गर्न माग गरे । ‘अध्ययन गरेर, छलफल गरेर गर्नुपर्ने काम टान एक्लैले गर्न खाज्यो,’पाण्डेले भने,‘विधेयक हामीले खोजेजस्तै बनेको छ, यसमा हाम्रो आपत्ति छैन ।’

यसअघि: टान अध्यक्ष दाहालले ट्रेकिङ व्यवसायीकै नाक काटे, मुख देखाउनै भयो लाज...

उनले हवाई सेवा, होटल लगायतका पूर्वाधार निर्माणका क्षेत्रमा विदेशी लगानी आवश्यक रहेको भन्दै सोही अनुसार विधेयक तयार पारेकोमा सरकारलाई धन्यवाद दिए । टानको विज्ञप्तीका विषयमा उद्योग मन्त्रालयका सह–सचिव एवम् प्रवक्ता दिनेश भट्टराई आफू विधेयकको मस्यौदा निर्माण गर्दादेखी साथमै रहेको भन्दै पदयात्रा, पथप्रर्दशक र होमस्टेमा विदेशी लगानी आउन नहुने गरि विधेयक बनेको बताए। 

यद्यपी प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट के के विषयमा संशोधन भएको छ भन्नेबारे पास भएको विधेयक आइनसकेको उनको भनाई छ । पदयात्रामा विदेशी लगानी ल्याउने सरकारको मनशाय नभएको र ल्याउन नहुने गरि नै विधेयक पास भएको प्रवक्ता भट्टराईको विश्वास छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved