शैलुंङ महोत्सव १३ गतेदेखि, चौरीको छुर्पी बिशेष आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2019 | 03:25:48 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछाप र दोलखाको सिमानामा पर्ने शैलुङमा आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रामेछाप सदरमुकाम मन्थलीमा बुधबार पत्रकार सम्मेलन गरी आयोजकले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

शैलुङमा आयोजना हुने पर्यटन महोत्सवका लागी दोलखाका दुई गाउँपालिका शैलुङ्ग र मेलुङ्ग तथा रामेछापको दोरम्बा गाउँपालिका मुख्य आयोजक हुन् । वैशाख १३ गतेदेखि १५ गते सम्म आयोजना हुन लागेको महोत्सवको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने छन् ।

पत्रकार सम्मेलनमा दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल र मेलुुङ् गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले शैलुङ क्षेत्रको विकास, समृद्धि र विश्वव्यापी प्रचार प्रसारका लागि आफुहरुले महोत्सवको आयोजना गर्न लागेको बताए ।

स्थानीय झाकी, विभिन्न जातजातिका भेषभुषा, मौलिक खानाका परिकार र जंगल सफारी महोत्सवको मुख्य विशेषता रहने आयोजकको भनाई छ । ७० लाख खर्च अनुमान गरिएको महोत्सवमा स्थानीय स्तरमा उत्पादिन कृषिजन्य समाग्री, जडिबुटी, चौरी गाईकोे दुधबाट बनेका परिकार लगायतका स्टलहरु रहने छन् ।

महोत्सवमा सहभागी हुनका लागी सहज होस् भनेर गन्तव्य मार्ग र नक्सा समेत तयार गरिएको छ । सिन्धुपाल्चोकको मुडे, ढुंगे, खोला खर्क हुँदै शैलुङ, दोस्रो मन्थली, खिम्ती, फुलासी, देवीटार हुँदै शैलुङसम्म र अर्को सित्खा, खाँडादेवी हुँदै शैलुङसम्मको सडक मार्ग तथा पैदल मार्गहरु तोकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved