पर्वतारोहीले ड्रोन प्रयोग गरे एजेन्सीलाई नै कारबाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 09:54:33 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल आरोहणका लागि जाने आरोहीहरुले ड्रोन प्रयोग गरे पर्यटन विभागले कारबाही गर्ने भएको छ । पर्वतारोहणमा जाने पर्वतारोहीले अनुमति नै नलिई ड्रोन प्रयोग गरे विभागले कारबाही गर्ने चेतावनी दिएको हो । 

हिमाल आरोहणमा गएका आरोहीहरुले अनुमति नलिई ड्रोन प्रयोग गरेको पाइर्एपछि बोर्डले यस्तो चेतावनी दिएको हो । सगरमाथा राष्ट्रिय निकुञ्जले अनुमति नलिई चलाईएका ड्रोन जफत गरेपछि विभागले ट्राभल ट्रेकिङ तथा पर्वतारोहण सम्बन्धी काम गर्ने एजेन्सीलाई समेत सचेत गराएको छ । 

विभागले एजेन्सीलाई आफु अन्तर्गत रहेर आरोहण गर्ने अनुमति लिएका पर्वतारोहीलाई अनुमति नलिइ ड्रोन प्रयोग गर्न नदिन निर्देशन दिएको छ । जुन ट्राभल वा ट्रेकिङ एजेन्सीबाट पर्वतारोहणका लागि गएको ओरोहीले अनुमति नै नलिई ड्रोन प्रयोग गर्छ सोही एजेन्सीलाई समेत कानून बमोजिम कारबाही गर्ने विभागको भेतावनी छ ।

विभागले जारी गरेको सूचनाः 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved