आन्तरिक पर्यटन मेला सुरु, ७७ जिल्लाका सयबढी स्टल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2019 | 06:35:13 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबारबाट ‘आन्तरिक पर्यटन मेला’ सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डवमा सुरु भएको मेलामा १ सय ११ वटा व्यवसायिक तथा फुड स्टलहरु राखिएका छन् । ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउने उद्देश्यका साथ आयोजना गरिएको मेलामा देशका ७७ वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी स्टलहरु राखिएको आयोजकले जनाएको छ । 

मेलामा पर्यटन क्षेत्रका सेवा प्रदायक संस्थाहरु टे«किङ, ट्राभल्स, एयरलाईन्स, होमस्टे, पर्यटन विषय पढाई हुने कलेजलगायतका प्रर्दशनीहरु  राखिएका छन् । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथ आयोजना गरिएको मेलामा २ लाख बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । 

गन्तव्य नेपाल ग्रुपअन्तर्गत गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले मेलाको आयोजना गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved