‘भिजिट नेपाल २०२०’ को आधिकारिक ‘स्टिकर’ सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 06:00:36 PM मा प्रकाशित

laxmi  sunrise bank

‘नेपाल भ्रमण वर्ष २०२०’ को आधिकारिक ‘स्टिकर’ सार्वजनिक भएको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित मनाउन लागिएको भ्रमण वर्षको लोगोसहितको ‘स्टिकर’ सार्वजनिक गरिएको हो । 

पर्यटन बोर्डमा पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले स्टिकर पर्यटक बसमा टासेर औपचारिक रुपमा सार्वजनिक गरेका हुन् । नेपाल पर्यटक यातायात व्यवसायी संघ, पर्यटक ट्याक्सी व्यवसायी सङ्घ तथा पर्यटन क्षेत्रका विभिन्न संगठनका प्रतिनिधिलाई स्टिकर प्रदान गरिएको छ । सबै सार्वजनिक बसमा स्टिकर टाँसिने जनाईएको छ । 



नेपाल भ्रमण वर्ष कार्यक्रम कार्यान्वयन उपसमितिले  ‘समृद्ध नेपाल बनाऔँ, विश्वमा नेपाल चिनाऔँ’ तथा ‘गरौ तयारी धुमधाम, पाहुनालाई गराऔँ घुमघाम’ भन्ने नारासहित स्टीकर तय गरेको छ । भ्रमण वर्षको लोगो तथा मूल नारा भिजिट नेपाल ‘लाईफ टाइम्स एक्सपेरियन्स’ यसअघि नै सार्वजनिक भइसकेको थियो । मूल नारामा थप दुई नारा थपेर लोगोसहितको स्टिकर बनाइएको हो । 

भ्रमण वर्षको पूर्व सुरुवात ‘सफ्ट लञ्चिङ’ गत चैत ३० गते पोखराबाट गरिएको थियो भने औपचारिक सुरुवात २०१९ को डिसेम्बर अन्तिम दिन गरिने जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved