सरकारको निती कार्यक्रममा उड्ययन क्षेत्रको प्रतिक्रिया

निरोज कुमार थापा

निरोज कुमार थापा

May 06, 2019 | 01:25:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको नीति तथा कार्यक्रममा सबैजसो निजी क्षेत्र रुष्ट बनेका छन् । पर्यटनमा प्रत्यक्ष प्रभाव पार्ने होटल, ट्रेकिङ लगायतका क्षेत्रले सरकारको शुक्रबार ल्याएको नीति तथा कार्यक्रम उत्साहित बनाउने किसिमको नभएको भनिरहेका बेला उड्ययन क्षेत्रले पनि सोही कुरा दोहोर्याएको छ । 

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले सरकारले अन्य देशसँग हवाई सम्झौता गर्ने भनेर नीति तथा कार्यक्रम ल्याएपनि युरोपको कालोसूचीबाट हटाउन कुनै कार्यक्रम नल्याएको बताएको छ । 

बुद्धका निर्देशक रुपेश जोशीले सरकारले नेपालको उड्ययन क्षेत्रलाई युरोपको कालोसूचीबाट हटाउन यथेष्ट पहल गर्नुपर्ने बताएका छन् । अन्यदेशसँग पनि हवाई सम्झौता गरिने भनेर नीति कार्यक्रम आएपनि नेपालको उड्ययन क्षेत्रलाई अन्तराष्ट्रिय स्तरमा भरपर्दो, सुरक्षित र विश्वसनीय बनाउने नीति नआएको उनको भनाई छ । 

बुद्ध एयरले आगामी मे २७ बाट भारतको कोलकत्तामा उडान सुरु गर्दैछ । अहिले भारतलाई विशेष प्राथमिकता बजारका रुपमा हेरेर आगामी अगष्टबाट गुवाहाटीमा समेत उडानको तयारीमा रहेको बुद्धले युरोपका देशमा नेपाली जहाज जान बन्देज भएका कारण भारतलाई पहिलो प्राथमिकतामा राखेको छ । युरोपको कालोसूची नहटेसम्म उडानको प्रक्रिया सुरु गर्न समस्या भएको बुद्ध एयरले जनाएको छ । 

निजी क्षेत्रकै वायु सेवा कम्पनी हिमालय एयरलाईन्सले पनि सरकारले पहिला युरोपको कालोसूची हटाउन पहल गर्नुपर्ने बताएको छ । उद्यपी अन्तराष्ट्रिय उडान गर्न चाहाने नेपाली वायु सेवा कम्पनीका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमले केही सघाउ पुग्ने हिमालयको अपेक्षा छ । 

हिमालय एयरका प्रवक्ता विजय श्रेष्ठ बाहिर भएकाले नाम नखुलाउने सर्तमा एयरलाईन्सका एक अधिकारीले उड्ययन क्षेत्रलाई नेपालको आन्तरिक मामिला मात्रै मानेर नीति कार्यक्रम आएको बताए । उड््ययन क्षेत्र कहिल्यै पनि एक देशको मात्रै आन्तरिक मामिला नहुने उनको भनाई छ । पर्यटनको मुख्य औजार एयरलाईन्स भएकोले सरकारले उड्ययन क्षेत्रको विषयमा अध्ययन गरेर आगामी बजेट तर्जुमा गर्नुपर्ने हिमालय एयरलाईन्सको सुझाव छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved