फेवा तालको बीचमा कफी सप खोल्दै गण्डकी प्रदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 05:40:45 PM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी प्रदेश सरकारले फेवा तालमा कफी सप खाल्ने भएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले फेवातालको बीचमा प्रदेश सरकारले कफी सप खोल्ने योजना बनाएको जानकारी दिए । 

पोखरामा आज भएको पत्रकार सम्मेलनमा मन्त्री लम्सालले फेवातालको बीचमा अर्गानिक कफी सप खोलिने र पर्यटक लक्षित भएकाले निकै महङ्गो पर्ने बताए । ‘पर्यटक तान्ने फेवाताल शिरान माटो थुप्रेको ठाउँ (खपौंदी)मा कफी सप बनाउने प्रदेश सरकारको योजना छ’ उनले भने, ‘त्यो कफी सस्तो मूल्यमा पाइने छैन । १ कपको १ सय डलर पर्नेछ । त्यो हाम्रै गण्डकी प्रदेशमा उब्जिएको अर्गानिक कफी हुनेछ ।’

उनले फेवाताल बीचमा कफी सप खोल्न अध्ययनसमेत भइरहेको दाबी गरे । ‘त्यहाँ जान तालबाराही मन्दिरमा जस्तै डुंगा चढेर जाने व्यवस्था हुन्छ,’ उनले भने, ‘पर्यटकहरु डुंगा चढेर गण्डकी प्रदेशको कफी खान जान पाउनेछन् ।’

उनले फेवाताललाई ६५ मिटर मापदण्डमा चाँडै नयाँ टट्बन्ध बनाउने र फेवातालको आकार पनि बढाइने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved