२५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित लुम्बिनी भ्रमण वर्ष मनाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2019 | 05:06:15 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ५ सरकारले २५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘लुम्बिनी भ्रमण बर्ष २०७६’ आयोजना गर्ने भएको छ । प्रदेशका उद्योग, पर्यटन, बन तथा वातवरण मन्त्री लिला गिरीका अनुसार विश्व भरीका बौद्ध धर्मावलम्बीहरुलाई बुद्ध दर्शनको उद्गम स्थल लुम्बिनी हो भनेर जानरी गराउन भ्रमण वर्षको आयोजना गर्न लागिएको हो । 

भ्रमण बर्षमा मायादेबी प्रसुती उत्सव, लुम्बिनी फुड फेस्टिबल, सुजाता खिर महोत्सव, मासिक फूल मुन डे, धार्मिक यात्रा र त्रिपिटक वाचन, स्थानीय उत्पादनहरुको बिक्री कक्ष रहने आयोजकले जानकारी दिएको छ । भ्रमण वर्षपछि लुम्बिनी आउने पर्यटकको बसाई अवधि लम्बिने आयोजको विश्वास छ । 

प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी मात्रै नभई प्रदेशै भरीका पर्यटकीय गन्तव्यको विकासका लागि भ्रमण वर्ष मनाउन लागिएको जानकारी दिए । भ्रमण बर्षको औपचारिक उद्घाटन जेठ ४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । यो भ्रमण वर्षले सरकारले सन् २०२० मा मनाउन लागेको नेपाल भ्रमण वर्षलाई पनि सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा भ्रमण वर्षका लागि चार करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved