प्रदेशले जिम्मेवारी नलिँदा केन्द्रको अवस्था ‘बेहाल’

निरोज कुमार थापा

निरोज कुमार थापा

May 08, 2019 | 05:48:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन विभाग कर्मचारी बिहिन भएको छ । ७० जनाको दरबन्दी रहेको विभागमा अहिले १७ जना कर्मचारी छन् । हिमाल आरोहणको सिजन सुरु भएका कारण धेरैजसो कर्मचारी हिमाल तिरै छन् । विभागमा अहिले तीन जनाले सबै काम गर्दै आएका छन् । 

यसअघि विभिन्न स्थानमा भएका पर्यटन कार्यालय प्रदेशमा विलय भएपछि अहिले विभाग कर्मचारी बिहिन अवस्थामा पुगेको हो । विभागले पोखरा, बुटवल, नेपालगञ्ज, काकडभिट्टा, नाम्चेसहितका ७ वटा पर्यटन कार्यालय प्रदेशको जिम्मा लगाएको थियो । उनीहरुसँग भएको भौतिक सम्पत्तिसहित कर्मचारी पनि प्रदेशमै पठाइएको थियो । 

संविधान अनुसार ट्राभल, ट्रेकिङको दर्ता नविकरण, खारेजी, अनुगमन लगायतका काम प्रदेश सरकारको हो । योसँगै पर्यटक स्तरका होटल, होमस्टे, जलयात्रा, र्याफ्टिङ र पर्यटकीय मनोरञ्जनात्मक खेलको अनुमती दिने काम पनि प्रदेश सरकारले नै गर्नुपर्ने संवैधानीक प्रावधान छ । तर अहिले यी काम पर्यटन विभागले नै गर्दै आएको छ ।

विभागका निर्देशक सुरेन्द्र थापका अनुसार प्रदेशले कर्मचारी लगे तर कामको भने जिम्मा लिन मानेनन् । विभागमा बसेका कर्मचारी आफ्नो तलबभत्ता प्रदेशले खुवानेभएपछि प्रदेशतिरै जान बाध्य भए । तर अहिलेसम्म कुनै पनि प्रदेशले कामको जिम्मा लिएका छैनन् । 

प्रदेशको संगठन नबन्दा केही समस्या देखिएपनि संघको कानुन पालना गर्न कुनै समस्या नरहेको थापको भनाई छ । ‘आफ्नो कानुन आफैँ बनाउनुपर्ने हो, त्यो पनि छैन’ उनले भने, ‘संघको कानुन पालना गर्न त रोकेको छैन, त्यो पनि गर्दैनन्, बेहाल अवस्था छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved