भैरहवा विमानस्थलको काम रोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 04:01:33 PM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको काम रोकिएको छ । काम गरेको रकम भुक्तानी नपाएको भन्दै ठेकेदार कम्पनीले काम ठप्प पारेको हो । 

कामको जिम्मा पाएको चिनिया कम्पनी नर्थवेष्ट युनाइटेड कम्पनीले आइतबार बिहानदेखि काम रोको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । ‘प्राधिकरणमार्फत हुनुपर्ने भुक्तानी ठेकेदार कम्पनीलाई दिइसकेका छौं, तर एडिबी भुक्तानी गर्नुपर्ने पैसा रोकिएको छ’ प्राधिकरणका एक अधिकारीले भने । 

आयोजनाले एसियाली विकास बैंकबाट पाउनुपर्ने १० करोड रुपैँयाभन्दा धेरै रकम पाएको छैन । एडीबीबाट भुक्तानी नपाउँदा मुख्य ठेकेदार नर्थवेष्ट युनाइटेडले सहायक ठेकेदारलाई पनि भुक्तानी दिन सकेको छैन । 

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवका आयोजना मध्यै सबैभन्दा राम्रो प्रगति भएको आयोजना हो । विमानस्थलमा अब जम्मा ५ सय मिटर धावनमार्ग पिच गर्न बाँकी छ । रन वे, ट्याक्सी वे, पार्किङ, एप्रोन लगायतका संरचनाको काम पनि ७० प्रतिशतको हाराहारीमा सकिएको छ । यहि जुन महिनामा काम सकेर सेप्टम्बरमा परीक्षण उडान गर्ने तयारी भएपनि बेलैमा काम नसकिने भएकाले सन् २०१९ भित्र भैरहवा विमानस्थल चलाउने नेपाल नागरिक उडड्यन प्राधिकरणको तयारी छ । विमानस्थलको लागि चाहिने सामग्रीको लागि टेन्डर आव्हान भैसकेको छ भने एअर रुटको पनि टुंगो लागिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved