राष्ट्रकविको जन्मथलोमा ‘माधवप्रसाद घिमिरे पार्क’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2019 | 02:34:11 PM मा प्रकाशित

laxmi  sunrise bank

लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ पुस्तुनमा राष्ट्रकविको सम्मानमा ‘माधवप्रसाद घिमिरे पार्क’ निर्माण हुने भएको छ । नेपाली साहित्यमा राष्ट्रकवि घिमिरिले पुर्‍याउनुभएको योगदानको सम्मानमा उनको जन्मथलो पुस्तुनमा पार्क निर्माण गर्न लागिएको हो ।  

पार्क निर्माण गर्न गाउँपालिकाले गतवर्षै पाँच लाख रुपैयाँ छुट्याएको थियो । यस वर्ष पनि पाँच लाख रुपैयाँ छुट्याएको मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिए । उनकाअनुसार, अहिले पार्क निर्माणका लागि जग्गा सम्याउने र पर्खाल लगाउने काम भईरहेको छ । पार्क निर्माणमा स्थानीयले श्रमदान पनि गर्नेछन् । 

‘राष्ट्रकविको योगदानको सम्मान र साहित्यिक पर्यटन प्रवर्द्धनका लागि राष्ट्रकविको नाममा पार्क निर्माण गर्न लागिएको हो’, उपाध्यक्ष विकले भने । 

राष्ट्रकवि घिमिरेको वि.सं. १९७६ असोज ७ गते लमजुङको साविक बाहुनडाँडा गाविसको पुस्तुन भन्ने ठाउँमा जन्म भएको हो । राष्ट्रकवि घिमिरेले कवितासँगै गीत, नाटक, खण्डकाव्य पनि लेखेका छन् । 

लमजुङलाई राष्ट्रकविको जिल्ला भनेर चिनिदाँ सिङ्गो लमजुङबासी हर्षित हुन्छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved