हप्तामै दुई पटक सगरमाथाको चुचुरोमा पुगे कामीरिता शेर्पा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 10:36:18 AM मा प्रकाशित

laxmi  sunrise bank

कीर्तिमानी आरोही कामीरिता शेर्पा सात दिनमा दुई पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । जेठ १ गते २३ औँ पटक सगरमाथामा आरोहण गरेर विश्व किर्तिमान कायम गरेका शेर्पाले मंगलबार पनि चुचुरोमा पुगेर आफ्नै रेकर्ड तोडेका हुन् । 

उनी मंगलबार बिहान ६ः३० बजे नेपाली पट्टिको बाटो हुँदै चुचुरोमा पुगेका हुन् । आजको सफल आरोहणसँगै ४९ वर्षीय शेर्पाले २४ पटक सगरमाथाको चुचुरोमा पुग्ने संसारकै पहिलो आरोहीका रुपमा आफूलाई कायम गरेका छन् । 

सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरो पुगेका उनले २५ पटक सगरमाथाको सफल आरोहण गरेर विश्राम लिने बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved