कालिञ्चोक केवलकार बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 11:51:14 AM मा प्रकाशित

laxmi  sunrise bank

दोलखाको कालिञ्चोकमा सञ्चालित केवलकार बन्द भएको छ । जग्गा अतिक्रमणको विवादका कारण आइतबारदेखि केवलकार बन्द भएको हो । कुरी क्षेत्रका स्थानीयबासी र केवलकारबीच शनिबार विवाद भएको थियो । 

कालिञ्चोक केवलकारका प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटीले स्थानीयले केवलकारमा तोडफोड गरेको बताएका छन् । उनका अनुसार स्थानीयले गरेको तोडफोडका कारण एउटा केवलकारको सिस्टम पूर्ण बन्द भएको छ । कालिञ्चोक केवलकारसँग २ वटा मात्रै केवलकार थिए । स्थानीयको तोडफोडबाट करिब एक करोड ६३ लाख रुपैयाँको क्षति भएको सिवाकोटीको भनाई छ ।

केबुलकारले कालिञ्चोक कालिकामाई गुठीको ४७ रोपनी जग्गा प्रयोग गर्ने गरी भएको सम्झौताअनुसार जग्गा क्षेत्रलाई तारबार लगाइएको थियो । केबुलकारले सम्झौता अनुसारको जग्गालाई प्रयोग गर्ने गरी तारबार लगाउन खोज्दा स्थानीयले विरोध गरेको शिवाकोटीको भनाइ छ । सरकारलाई कुनै कर नतिर्ने र गुठीको जग्गा अतिक्रमण गरेर बसेका स्थानीय व्यवसायीले विरोध गरेर केबुलकार बन्द गराएको उनको दाबी छ ।

स्थानीयबासिले भने केवलकारले होटल तथा रेस्टुरेन्ट पनि सञ्चालन गरेपछि विरोध गरिएको जनाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved