मनाङमा पर्वतारोहण विद्यालय बन्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 11:30:43 AM मा प्रकाशित

laxmi  sunrise bank

मनाङमा पर्वतारोहण विद्यालय खुल्ने भएको छ । १२औँ सगरमाथा दिवसका अवसरमा उम होङ गिल फाउण्डेशन साउथ कोरिया र नेपाल पर्वतारोहण संघ (एनएमए)बीच हस्ताक्षर भएको हो । सम्झौतामा उम होङ गिल फाउण्डेशनको तर्फबाट उम होङ गिल र एनएमएका तर्फबाट अध्यक्ष शान्तवीर लामाले हस्ताक्षर गरे । 

यसैबीच सगरमाथा दिवसका अवसरमा राष्ट्रिय सगरमाथा पुरस्कारद्धारा उम होङ गिललाई सम्मानित गरिएको छ । उनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले एक लाख नगदसहित सम्मान गरे । 

दिवसकै अवसरमा तेन्जिङ हिलारी पुरस्कारद्धारा अष्टेलियन नागरिक एन्थोनी गोडेल र नेपाली द्धय माया शेर्पा र ज्ञानेन्द्र कुमार श्रेष्ठलाई सम्मान गरिएको छ । उनीहरुले जनही ५०÷५० हजार पुरस्कार पाएका छन् । 

यसवर्ष हाम्रो प्राथमिकता, सफा सगरमाथा भन्ने नाराका साथ सगरमाथा दिवस मनाईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved