‘सरकार आफैँ भ्रमण वर्ष असफल बनाउन लाग्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2019 | 01:41:22 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्रेकिङ एजेन्सूज् एसोसियसन अफ नेपाल (टान) का बरिष्ठ उपाध्यक्ष खुम सुवेदीले हिमाली क्षेत्रमा सितल वासस्थान बनाउने सरकारी कार्यक्रम हास्यास्पद भएको बताएका छन् । आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पर्वतीय पर्यटकीय स्लथमा पर्यटकलाई गर्मी हुन नदिन सितल बासस्थान बनाउने योजना सुनाएपछि सुवेदीले गर्मी नै नहुने हिमाली क्षेत्रमा सितल बासस्थान के का लागि भन्दै प्रश्न गरेका छन् ।

सरकारले पर्यटन क्षेत्रमा बजेट घटाएकोप्रति पनि सुवेदीले आपत्ति जनाएका छन् । चालु आर्थिक वर्षमा पर्यटन क्षेत्रमा ५ अर्ब २० करोड बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्षका लागि सरकारले २ अर्ब ६८ करोड मात्रै छुट्याएको छ । 

छिटो आम्दानीको स्रोत पर्यटन भएपनि सरकारले बेवास्ता गर्दा सोचेजस्तो लाभ पाउन नसकिएको उनको भनाई छ । विज्ञ अर्थमन्त्रीले पर्यटनलाई यति धेरै उपेक्षा गर्छन जस्तो नलागेको सुनाउदै बरिष्ठ उपाध्यक्ष सुवेदीले अर्थमन्त्री र बजेट निर्माणकर्ताले पर्यटन नबुझेको दाबी गरे । 

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन व्यवसायीलाई तपाईहरु यस्ता खालका पर्यटक ल्याउनोस् सरकारले यस्तो सुविधा दिन्छ भन्नुको सट्टा सरकार आफैँ भ्रमण वर्ष असफल बनाउन तल्लिन रहेको उनको आरोप छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved