आङछिरिङकी पत्नी चन्दा बनिन् यति एयरलायन्सकी प्रबन्ध निर्देशक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 10:43:03 AM मा प्रकाशित

laxmi  sunrise bank

यति एयरलायन्सको प्रबन्ध निर्देशक (एमडी) मा चन्दा शेर्पा नियुक्त भएकी छन् । यतिका मालिक आङछिरिङ शेर्पाको गत फागुन १५ मा ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि उनकी पत्नीलाई एमडीको जिम्मेवारी दिईएको हो । 

एयरलायन्सको अध्यक्षमा आङछिरिङका दाइ लाक्पा सोनाम शेर्पा छन् । नोर्बुछिरिङ शेर्पालाई डिएमडीको जिम्मेवारी दिइएको छ। विजयबहादुर श्रेष्ठलाई यति समूहको कार्यकारी निर्देशक, उमेशचन्द्र राईलाई प्रमुख कार्यकारी अधिकृत र अनोज रिमाललाई  आर्थिक निर्देशक नियुक्त गरिएको छ यति एयरका मिडिया विभाग प्रमुख भिमराज राईले जानकारी दिए ।

चन्दा यसअघि यति एडभेन्चरकी प्रमुख थिइन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved