पशुपतिमा भक्तजनले चढाए ९ किलो सुन

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 05, 2019 | 01:30:40 PM मा प्रकाशित

laxmi  sunrise bank

पशुपतिनाथ मन्दिरमा ९ किलो बढी सुन जम्मा भएको छ । पशुपतिनाथको जग्गा सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले २०७५ सालसम्ममा मन्दिरमा ९ किलो ५८६ ग्राम सुन जम्मा भएको विवरण दिएको छ ।

समितिले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार  २०१९ देखि २०७५ सम्म मन्दिरमा ३१६ किलो ५८६ ग्राम चाँदी जम्मा भएको छ । समितिले २०१९ भन्दा अगाडिको मुचुल्का भेट्न नसकिएको बताएको छ ।

मन्दिरको नगद मौज्दात एक अर्ब २९ करोड ३८ लाख, ३१ हजार २ सय १५ रुपैयाँ ५२ पैसा रहेको छ । विभिन्न बैंकका जम्मा गरिएको यो रकमबाट एक अर्बको अक्षय कोष खडा गरिएको छ । 

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले २०७४ कात्तिक ६ गते पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानविन समिति गठन गरेको थियो । उक्त समितिले २०७५ साउन २९ गते प्रतिवेदन बुझाउन नसकेपछि थप ६ महिनाको समय पाएको थियो । समितिले तयार पारेको प्रतिवेदन बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved