पब्लिक–प्राइभेट पार्टनरसीपमा प्रदेशैपिच्छे पर्यटन बोर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 09:06:41 AM मा प्रकाशित

laxmi  sunrise bank

सबै प्रदेश सरकारले आफ्नै पर्यटन बोर्ड गठन गर्ने भएका छन् । आगामी आर्थिक वर्ष ०७६÷७७ का लागि प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम, बजेट सिद्धान्त तथा प्राथमिकतामा बोर्ड गठन गर्ने विषय उल्लेख छ । संघमा भएको पर्यटन बोर्डकै अवधारणाअनुसार पब्लिक–पा्रइभेट साझेदारीमा बोर्ड गठन गर्ने प्रदेशको तयारी छ । 

प्रदेश नं १ ले आगामी आवमा ‘प्रादेशिक पर्यटन बोर्ड’ को स्थापना गठन गर्ने उल्लेख गरेको छ । प्रदेश नं २ ले पनि आगामी आवमा प्रदेशको पर्यटकीय छवी विस्तार एवम् बजारिकरणको नीति सार्वजनिक गरेको छ । सअनुसार निजी क्षेत्र समेतको संलग्नतामा ‘प्रादेशिक पर्यटन बोर्ड’ स्थापना गरी सञ्चालनमा ल्याउने लक्ष्य तोकिएको छ । प्रदेश नम्बर ३ ले पनि पर्यटकीय स्थलको संरक्षण, आन्तरिक उत्पादन र रोजगारी अभिवृद्धि गर्ने कार्यक्रम ल्याएको छ ।

गण्डकी प्रदेशले आफ्नो क्षेत्रफल भित्र ‘पर्यटन सेवा प्रदान गर्न उपयुक्त संस्थागत संरचना’ खडा गर्ने भनेको छ । यो प्रदेशले यस संरचनालाई बोर्डको नाम भने दिएको छैन । गण्डकी प्रदेशले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी आकर्षण वर्ष र सन् २०२२ लाई अन्तराष्ट्रिय पर्यटन वर्ष मनाउने घोषणा गरिसकेको छ ।

प्रदेश नं ५ सरकारले अहिले ‘लुम्बिनी भ्रमण वर्ष’ मनाईरहेको छ । लुम्बिनीलाई आधार मानेर प्रदेश सरकारले पर्यटनमा प्रदेशको ब्राण्डिङ गर्ने भएको छ । 

कर्णाली प्रदेशले आफ्नै वायुसेवा कम्पनी चलाउने योजनालाई निरन्तरता दिँदैछ । निजी क्षेत्रको साझेदारीमा कर्णाली हवाई सेवा संचालन गर्ने योजना उक्त प्रदेशको छ । सुदुरपश्चिम प्रदेश पनि आगामी आर्थिक वर्षमा प्रदेश पर्यटन बोर्डको गठन गर्ने तयारीमा छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved