नेपालगन्जका लागि उडेको बुद्धको जहाज भैरहवा डाइभर्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2019 | 10:47:31 AM मा प्रकाशित

laxmi  sunrise bank

हावाहुरीका कारण पश्चिम क्षेत्रका आन्तरिक विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ । काठमाडौंबाट नेपालगन्ज उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट भएको छ । हावाहुरीका कारण नेपालगन्ज विमानस्थलमा उक्त विमान अवतरण गर्न सकेन । 

नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार हावाहुरीका कारण करिब आधा घण्टा विमानस्थल पूर्णरुपमा बन्द भएको थियो । अहिले भने सामान्य अवस्थामा फर्किएको छ ।

धनगढी विमानस्थल बुधबारबाट सञ्चालनमा आएको छ । धावनमार्ग ममर्तको काम सकिएपछि विमानस्थल सञ्चालनमा आएको हो । काठमाडौंबाट उडेको श्री एयरलाइन्सको जहाज धनगढीमा अवतरण भइसकेको छ । धावनमार्ग मर्मत गर्न यो विमानस्थल २२ वैशाखदेखि बन्द भएको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु सुदुरपश्चिमबाट नेपाल छिरेको बताएको छ । वायुको प्रभाव मध्यपश्चिम क्षेत्रसम्म देखिने विभागको अनुमान छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved