निर्वाचनको संघारमा ‘टान’का ८ सय सदस्यद्धारा सदस्यता नविकरण गर्न अस्वीकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2019 | 08:40:38 AM मा प्रकाशित

laxmi  sunrise bank

पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्व चयनका लागि भद्रौ २० गते साधारण सभा हुँदैछ । साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेभएपछि टानका सदस्यहरु चुनावी मैदानमा उत्रिसकेका छन् । यद्यपी आधिरक घोषणा गरेर आफ्नो उम्मेद्वारी दिएकाहरु कम भएपनि सदस्यहरु विभाजन भईसकेका छन् । 

अन्य संघसंगठनमा जस्तै टानमा पनि सत्तापक्ष र प्रतिपक्षबीको चुनावी रस्साकस्सी बढेको छ । सत्तारुढ दल नेकपा निकट व्यवसायीले सहमतिमा नेतृत्व चयन गर्नुपर्ने तर त्यसको लागि बहु सदस्य संख्या रहेको नेकपा निकटकै नाममा सहमति जुट्नुपर्ने तर्क गरेका छन् । अध्यक्ष, महासचिव र कोषाध्यक्षका आकांक्षीहरु टानका सदस्य व्यवसायीलाई फकाउन लागेका छन् । 

टानमा हाल १८ सय सदस्य छन् । तर यसवर्ष सदस्यता नविकरण गर्ने १ हजार मात्रै छन् । कोषाध्यक्ष रामकृष्ण तिमल्सिनाका अनुसार ८ सय सदस्यले नविकरण गरेका छैनन् । निर्वाचनको बेलामा नेतृत्वमा पुग्न अनेकौ नारा दिने तर जितेपछि व्यवसायीका हितमा काम नगर्ने पद्धतिका कारण टानको सदस्य संख्या घट्ने क्रममा रहेको आग्रज पर्यटन व्यवसायीहरु बताउँछन् । टानकै पूर्व महासचिव कर्ण लामा संस्थाभित्र नृतृत्वले समन्वय गरेर काम गर्न नसक्नु र व्यवसायीका पीडा सम्बधित ठाउँमा लैजान नसक्नुले सदस्यहरु अतालिएको बताउँछन् । नेतृत्वबाट वितृष्णा जागेका कारण नविकरण गर्नेको संख्या घटेको उनको तर्क छ ।

निर्वाचनको संघारमा ४४.५ प्रतिशत सदस्यले सदस्यता नविकरण नगर्नुलाई भने आशंकाका साथ हेरिएको छ । टान कार्यसमितिले भने व्यवसायमा ब्यस्त भएर नविकरण गर्न नभ्याएको हुन सक्ने भन्दै समय रहेकाले सबै सदस्य साधारणसभामा आउने दाबी गरेको छ ।

अध्यक्षमा खुम सुवेदीले उम्मेद्वारी नै दिइसकेका छन् । उनले पनि विगतमा जस्तै पर्यटन बोर्ड र टानबीचको विवाद सुल्झ्याउने, बेरुजु फछ्र्यौट गर्ने लगायतका नारा दिन थालिसकेका छन् । वर्तमान अध्यक्ष नवराज दाहालले दोहोर्याउने मनस्थिती देखाएका छैनन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved