भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिखले औपचारिक चिठी पठाएको छ।
५० वर्ष सम्म विमानस्थल सञ्चालनको जिम्म दिन माग गर्दै म्युनिखले पहिलो औपचारिक पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणमा पठाएको छ । यसअघि गत फागुनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणसँग म्युनिखले अनौपचारिक प्रस्ताव गरेको थियो ।
मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाका अनुसार सरकारले जिटुजी प्रक्रिया मार्फत विमानस्थल सञ्चालनको जिम्मा दिने भनेका कारण जुन सुकै कम्पनी पनि आउन सक्ने छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा हेरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थल सञ्चालन सरकारले ‘जिटुजी’ मार्फत विदेशी कम्पनीलाई दिने लगभग पक्का भएपनि कुन देशको कुन कम्पनीलाई दिने भन्नेबारे अन्तिम टंगो लागेको छैन ।