शैलुङ विकासबारे यसो भन्छन् सरोकारवालाहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2019 | 03:37:10 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय योजना आयोगका सदस्य रामकुकमार फुयाँलले रामेछाप र दोलखा जिल्लाको सिमानामा पर्ने शैलुङको विकास गर्न एकिकृत गुरुयोजनाको आवश्यकता रहेको बताएका छन् । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकको बेथान, थाङपाल, याङरी लगायतका स्थानबाट र सिन्धुलीको सिन्धुलीगढीबाट रामेछाप हुँदै शैलुङ सम्मको गुरुयोजना बनेपछि मात्रै विकास गर्न सहयोग पुग्ने बताए । उनले उल्लेखित क्षेत्रका सांस्कृतिक, धार्मिक र पुरातात्विक महत्वका सम्पदालाई समेटेर शैलुङलाई केन्द्रविन्दु बनाई ट्रेकिङ ट्रायलको रुपमा अघि बढाउनु पर्ने आवश्कता समेत औल्याए ।

यस्तै पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले शैलुङको प्राकृतिक स्वरुपलाई संरक्षित गर्दै, स्थानिय निकायले निजी क्षेत्रलाई साथमा लिएर शैलुङलाई विकास गर्न सक्नुपर्ने बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved