एयरपोर्ट सुधार गर्न मन्त्री भट्टराईले दिए यस्तो निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 07:32:39 AM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सेवा प्रवाहका सम्बन्धमा चासो देखाएका छन् । मन्त्री भट्टराईले नेभिगेशन सेवाशुल्क र हवाई इन्धनको मूल्यप्रति चासो देखाएका हुन् । सोमवार विमानस्थल निरीक्षण गर्दै ग्राउन्ड ह्यान्डलिङ सेवाशुल्क र इन्धनको मूल्यबारे १ साताभित्र प्रतिवेदन पेश गर्न नागरिक उड्डयन प्राधिकरण र विमानस्थललाई निर्देशन दिए ।

रातको १२ बजेपछि उडान भर्ने र अवतरण गर्ने विमनलाई ग्राउन्ड ह्यान्डलिङ सेवाशुल्कमा दिन सकिने छुट र यसो गर्दा बढ्न सक्ने उडानका सम्बन्धमा चुस्त प्रतिवेदन तयार पार्न मन्त्री भट्टराईले निर्देशन दिए । 

विमानस्थलममा हवाई इन्धनको शुल्क महँगो भएको गुनासो बढेको भन्दै मन्त्री भट्टराईले विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई इन्धन सस्तो कसरी बनाउन सक्न्छि भन्ने विषयमा आवश्यक कदम चाल्न निर्देशन दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved