उड्ययन सुरक्षा नीतिबारे छलफल गर्न ४ सय विदेशी काठमाडौंमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2019 | 07:48:43 AM मा प्रकाशित

laxmi  sunrise bank

एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामक निकायका महानिर्देशकहरुको सम्मेलन काठमाडौंमा सुरु हुँदै छ । पाँच दिनसम्म चल्ने ५६ औं सम्मेलनको नारा ‘क्षमताको सीमितता पूरा गर्न सामूहिक प्रयास’ तय गरिएको छ ।

सम्मेलनमा नेपालले तीनवटा कार्यपत्र पेस गर्ने भएको छ । सम्मेलनमा ४३ देशका २९१ प्रतिनिधि, २६ प्रवर्द्धक संस्थासहित करिब ४ सय विदेशीको सहभागीता रहने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उदघाटन गर्ने सम्मेलनलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) का प्रमुख डा. ओलुमोयीवा बनार्ड अल्यूले पनि सम्बोधन गर्ने छन् । 

एसिया प्रशान्त क्षेत्रको हवाई सुरक्षा नीति तर्जमा गर्न आवश्यक सुझाव संकलन गर्न सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनबाट प्राप्त सुझाव आगामी अक्टोबरमा हुने आईकाओको वार्षिक सम्मेलनमा प्रस्तुत हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved