पर्यटनमन्त्रीको एकवर्षे योजनाः कालोसूची फुकुवादेखि संसारभरका पर्यटनमन्त्री भित्र्याउनेसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 01:43:50 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपालको उड्ययन क्षेत्रलाई चालु आर्थिक वर्षभित्र युरोपिएन युनियनको कालोसूचीबाट हटाउने बताएका छन् । वर्षदिन भित्र आफूले गर्ने कामको योजना सार्वजनिक गर्दै मन्त्री भट्टराईले इयुको कालोसूचीबाट हट्न उनीहरुले तोकेका मापदण्ड पूरा गर्न तयार रहेको  बताए । 

वार्षिक कार्ययोजना प्रस्तुत गर्दै उनले नेपाल वायु सेवा निगमलाई सार्वजनिक कम्पनी बनाउने समेत बताए । 

उनले पर्यटन क्षेत्र सुधारका लागि नितीगत व्यवस्था समेत सुधार गरिने बताए । काठमाडौँमा रात्रीकालिन सम्पदा पदयात्रा सुरु गर्ने, तिलौराकोट र पाथिभरलाई विश्वसम्पदा सूचीमा सुचिकृत गराउन पहल सुरु गर्ने र सन् २०१९ को डिसेम्बरमा संसारभरका पर्यटनमन्त्रीको भेला काठमाडौँमा गरिने बताए । 

सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण २०२० को सुरुवाता २०२० को जनवरी १ मा संसारभरका मन्त्रीको उपस्थितीमा गरिने मन्त्रीले महत्कांक्षी योजना सुनाए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved