जापान उड्यो नेपाल एयरलाईन्स

रासस

रासस

Aug 29, 2019 | 07:21:09 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले बुधबारदेखि जापानको ओसाका व्यावसायिक उडान शुरु गरेको छ । निगमको वाइड बडी ए ३३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडानको औपचारिक शुरुआत गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गरे। विमानस्थलमा औपचारिक उद्घाटनपछि वाइड बडी जहाज राति २ः३० बजे ओसाका लागेको छ।

ओसाका उडानमा पर्यटनराज्यमन्त्री धनबहादुर बुढा, छ जना सांसद, मन्त्रालयका उच्च अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमका प्रतिनिधि तथा सरकारी सञ्चारमाध्यम प्रतिनिधि भ्रमण टोलीमा सहभागी छन्। ओसाकाको पहिलो उडानमा यात्रु तथा भ्रमण टोलीका सदस्यसहित १३० जना सवार छन्। निगमले २७४ यात्रु क्षमताको वाइड बडी ए ३३०–२०० जहाजबाट साताको तीन मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँ–ओसाका नियमित उडान गर्ने जनाएको छ। निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको छ। उक्त गन्तव्यमा दुई तर्फी भाडा ७२ हजार ८१४ कायम गरिएको छ। एक महिनापछि नयाँ भाडादर कायम गरिने निगमले जनाएको छ।

काठमाडौँदेखि ओसाका उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलको मर्मतको काम भइरहेको सन्दर्भमा निगमको उडान अवधिमा आधा घण्टा विमानस्थल खुला गरिनेछ। विमानस्थलको ‘ट्याक्सी वे’ को मर्मतको काम आगामी सेप्टेम्बर १ देखि डिसेम्बर ३१ तारिखसम्म चल्लने छ। उक्त अवधिमा निगमको उडान हुने तीन दिन ३० मिनेट विमानस्थल सञ्चालन गरिएको थियो। मर्मतको सामान्य अवस्थामा राति ११ः३० देखि बिहान ६ः३० बजेसम्म विमानस्थल बन्द गरिने विमानस्थलले जनाएको छ।

राष्ट्रिय ध्वजाबाहकको सेवालाई मध्यनजर गर्दै मर्मतको अवधिमा आधा घण्टा विमानस्थल सञ्चालन गरिनेछ। डेड महीनाअघि अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ तीन महिनाको अवधिमा सम्पन्न गरिएको थियो। नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै जापान उडानको योजना बनाइएको निगमले उल्लेख गरेको छ। नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन्। सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए। निगममले वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलोपटक उडान भर्न लागेको हो।

निगमले गत वर्ष असार र साउन महीनामा दुई नयाँ वाइड बडी जहाज खरीद गरेको थियो। निगमले जापान उडान १३ वर्षपछि पुनः शुरु गर्न लागेको छ। यसअघि अक्टोबर ३० सन् १९९४ निगमले ओसाका उडान शुरु गरेको थियो। जुन उडान काठमाडौँ र चीनको साङ्घाई हुँदै जापानको ओसाका थियो। अप्रिल १२ सन् २००७ मा जहाज अभाव भएको भन्दै निगमले ओसाका उडान बन्द गरेको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved