स्पेनमा मिनी लुम्बिनी बन्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 04:38:15 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनको मड्रिडमा आयोजित अन्तराष्ट्रिय प्रर्दशनीमा नेपाली व्यवसायीले पनि सहभागीता जनाएका छन् । शुक्रबार स्पेनको मड्रिडमा सुरु भएको ‘एक्सपो टुराल २०१९’ मा नेपाली उत्पादन सहितका ३५ व्यवसायी सहभागी भएका हुन् । 

प्रर्दशनीमा नेपाल र स्पेनका भाषा, धर्म, कला संस्कृति तथा उत्पादनहरु झल्किने स्टल राखिएका छन् । प्रर्दशनीमा नेपालको छुट्टै पभेलियन राखिएको छ ।  प्रर्दशनीमा नेपालको पर्यटकिय क्षेत्र, पर्वतारोहण सम्बन्धी जानकारीको साथै नेपाल भ्रमण बर्ष २०२० का बारेमा जानकारी दिने छुट्टा छुटै स्टल छन् । 

हस्तकला, काष्ठकला, पस्मिना, नेपाली कागजका सामानहरु, चित्रकला, मुर्ति, ढाका, अल्लो, बेतबाट बनेका सामान, बाँसको जराबाट बनेका सामान लगायतका उत्पादन पनि प्रदर्शनीमा राखिएको छ । नेपाल अन्तराष्ट्रिय प्रदर्शनी संघका महासचिव शान्त कुमार श्रेष्ठले प्रर्दशनीमा सहभागी भएका नेपाली उत्पादनले नेपालको पर्यटन, कला, संस्कृति, परम्परालाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने विश्वस व्यक्त गरेका छन् । 

यो प्रदर्शनीमा साना तथा मझौला ब्याबसायी महासंघ र नेपाल अन्तराष्ट्रिय प्रर्दशनी संघले नेपालको तर्फबाट संयोजनकारी भुमिका निर्वाह गरेको छ । प्रदर्शनीमा फाउण्डेशन लुम्बिनी ग्राण्डले बुद्धको ५ हजार स्वायर फिटको मुर्ति बनाउदै छ । मिनी लुम्बिनीको अवधारणा अनुसार मिनी लुम्बिनीको झण्डै १ हेक्टर क्षेत्रफलमा सो मुर्ति बनाउन लागिएको छ । मड्रिडमा मिनी लुम्बिनी बनाउने सहमति यसअघि नै भईसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved