नयाँ पर्यटकीय गन्तव्यको प्रोफाईल बनाइदै (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2019 | 06:00:05 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले घोषणा गरेका सय वटा नयाँ पर्यटकीय गन्तव्यको प्रोफाइल बनाइने भएको छ । सबै जिल्लाबाट कम्तिमा एउटा नछुट्ने गरी छनोट गरिएका गन्तव्यको प्रोफाइल बनाउन लागिएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । 

पहिलो आवमै ५० करोड रुपैयाँ विनियोजन गरी सरकारले सबै तहका सरकार र निजी क्षेत्रसमेतको सहभागितमा ती गन्तब्यको पूर्वाधार विकास र प्रवद्र्धधन गर्ने योजना बनाएको थियो । सोहीअनुसार ५५ वटा गन्तब्यको विस्तृत जानकारी र तस्वीरसहितको प्रोफाइल तयार भइसकेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

यस वर्ष ४५ गन्तब्यको प्रोफाइल बन्ने भएको छ । चालु आर्थिक वर्ष २०७६÷७७ मा बोर्डले थप ४५ वटा गन्तब्यको प्रोफाइल तयार पारिसक्ने बताएको छ । सो प्रयोजनका लागि बोर्डले १२ लाख रुपैयाँ बजेट छुट्याएको छ । सरकारले प्रतिगन्तब्य एक आर्थिक वर्षमा ५० लाख रुपैयाँका दरले बजेट छुट्याएको छ । उक्त बजेट खर्च गर्ने जिम्मेवारी भने स्थानीय तहको हो ।

कुन कुन हुन गन्तव्य ? 

तिङबुङ पोखरी (ताप्लेजुङ), गूरु फाल्गुनन्द सर्किट (पाँचथर), तीनजुरै–मिल्के–जलजले (तेह्रथुम), बालेश्वर ऐतिहासिक गुफा (संखुवासभा), हलदे पटकेडाँडा ट्रेल (धनकुटा), ट्याम्केडाँडा (भोजपुर), बराह पोखरी (खोटाङ), पाँचपोखरी (सोलुखुम्बु), थोलेदम्बा डाँडा (ओखलढुंगा), उदयपुरगढी (उदयपुर), शहिद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, अर्जुनधारा पर्यटकीय क्षेत्र (झापा), धनपालगढी पर्यटकीय क्षेत्र (मोरङ), पिण्डेश्वर–दन्तकाली पदमार्ग (सुनसुरी), सहलेस दरवार पर्यटन क्षेत्र (सिरहा), नाडी ताल (सर्लाही), धनेश्वर महादेव पर्यटन विकास क्षेत्र (धनुषा), जलेश्वर मन्दिर (महोत्तरी), मरघर सिमसार क्षेत्र पतौरा पुरात्वात्विक महादेव मन्दिर (रौटहट), सिम्रौनगढ (बारा), घडीअर्वा पोखरी (पर्सा), छिन्नमस्ता (सप्तरी), जिरी शैलुङ पर्यटन पदमार्ग (दोलखा), सिन्धुलीगढी (सिन्धुली), सुनकोशी र्याफ्टिङ (रामेछाप), महाभारत ट्रेल (काभ्रे), पाँचपोखरी (सिन्धपाल्चोक), कल्चेडी–झिल्केश्वर–देविघाट–भैरवी–दुप्चेश्वर सर्किट, तामाङ हेरिटेज ट्रेल (रसुवा), स्काई ट्रेल, रानीझरना क्यानोनिङ थाक्रे (धादिङ), बिस हजारी ताल, सोमेश्वर गढी पर्यटन विकास माडी, पटीयानी पर्यटकीय क्षेत्र (चितवन), मकवानपुरगढी (मकवानपुर), निलबाराही मन्दिररपार्क (भक्तपुर), दहचोक (काठमाडौं) ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved