जाटको अध्यक्षमा पन्त सर्वसम्मत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 10:09:50 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटनका क्षेत्रमा कलम चलाउने पत्रकारहरुको पहिलो संस्था पर्यटन पत्रकार संघ (जाट–नेपाल)को आठौं वार्षिक साधारण सभा एवं पाँचौ महाधिवेशनले देवीप्रसाद पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जाटको प्रथम उपाध्यक्षमा किशोर बस्नेत र द्धित्तिय उपाध्यक्षमा श्रीहरि श्रेष्ठ, महासचिवमा हरिशरण न्यौपाने, सचिवमा मनुका कुँवर र कोषाध्यक्षमा मोहनप्रसाद मैनाली चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा कुमार चौलागाई, शंकर प्रधानाङ्ग, अच्यूत रेग्मी, अर्जुन पार्खिन, शिव बस्नेत र जुली गुरुङ चुनिएका छन् ।

नवनिर्वाचित अध्यक्ष पन्तले सरकार मनाउन लागेको नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन जाटले पर्यटन प्रबद्र्धनात्मक कार्य गर्ने बताए । उनले सातै प्रदेशमा पर्यटन पत्रकारहरुको क्षमता अभिवृद्धि कार्यक्रमसँगै पर्यटनका प्रवद्र्धनात्मक क्रियाकलाप अगाडि बढाउने उद्घोष गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved