नेपालको भ्रमण बर्षलाई चुनौती, बिदेशी संस्था भन्छ- घुम्नलाई काश्मिर भन्दा बढी जोखिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2019 | 09:35:24 AM मा प्रकाशित

laxmi  sunrise bank

घुमफिरका लागि नेपाल जोखिमयुक्त देशको सूचीमा परेको छ । नेपालको तराई क्षेत्र उच्च जोखिम र पहाड र हिमाली क्षेत्र मध्यम जोखिमको सूचीमा परेका हुन् ।

यात्रा सुरक्षा सेवा सम्बन्धि कम्पनी ‘अन्तराष्ट्रि«य एसओएस’ले सन् २०२० मा घुमफिरका लागि सुरक्षित देशको सूची सार्वजनिक गर्दा नेपालको तराई क्षेत्र उच्च जोखिमयुक्त देखाइएको हो । चितवन, बुद्ध जन्मस्थल लुम्बिनी र जनकपुरधाम पनि उच्च जोखिमयुक्त सूचीमा राखिएका छन् । 

ती क्षेत्रको राजनीतिक अवस्था र डेंगु जस्ता सरुवा रोगको संक्रमणका कारण पनि नेपालको तराई क्षेत्रलाई जोखिमको सूचीमा राखिएको बुझिएको छ । तर पहाहड र हिमालमा भने हवाई सेवाको कमजोर उपस्थिती, हिमाली जिल्लाका विमानस्थलको सुरक्षा अवस्था लगायतका कारण मध्यम जोखिममा राखिएको बुझिएको छ । 

नेपालले २०२० मा भ्रमण वर्ष मनाउन लाग्दा भ्रमण सुरक्षासम्बन्धित जानकारी प्रकाशन गर्दै आएको ट्राभल एसओएसले सँसारभर यात्रा जोखिमबारे अनुमान सार्वजनिक गरेको हो । यसले नेपालले सन् २०२० मा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई असर पर्ने देखिएको छ ।

यूरोपका डेनमार्क, ग्रिनल्यान्ड, आइसल्यान्ड, नर्वे, स्लोभेनिया, लक्जेमवर्ग र स्विटजरल्यान्ड अति कम जोखिमयुक्त देशको सूचीमा छन् । दक्षिण एशियाली देशहरुमा भुटान र मालदिभ्सलाई कम जोखिमयुक्त देशको सूचीमा राखिएको छ । भारतको अधिकांश भागहरु मध्यम जोखिमयुक्त मानिएका छन् । विहार, झारखण्ड, आसामसहित पूर्वोत्तर राज्यहरु उच्च जोखिमको सूचीमा छन् । पाकिस्तानको पूर्वी भागहरु मध्यम जोखिमयुक्त मानिएका छन् । अफगानिस्तानसँग जोडिएका पश्चिमी भागहरु अति जोखिमयुक्त मानिएका छन् । भारत नियन्त्रित काश्मिरका अधिकांश भूभाग मध्यम जोखिमयुक्त मानिएका छन् । सिक्किम कम जोखिमयुक्त मानिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved