पर्यटन बोर्डमा भोटेताल्चा झुण्ड्याउने श्रमिकको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2019 | 02:40:39 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन क्षेत्रको श्रमिक संगठन यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले टिम्सको रकम नदिने पर्यटन बोर्डमा भोटेताल्चा झुुण्ड्याइदिने चेतावनी दिएका छन् । ‘टिम्सको पैसा छ, तर पर्यटन बोर्डमा दादागिरी भयो । त्यो पैसाले श्रमिकलाई केही हुन सकेको छैन । हामी डेढ महिनाको अल्टिमेटम दिन चाहन्छौं’ उनले भने, ‘त्यस दिनसम्म क्षतिपूर्ति पाएनौं भने टानमा पनि भोटेताल्चा झुण्डिन सक्छ । पर्यटन बोर्डमा पनि भोटेताल्चा झुण्डिन सक्छ ।’ 

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले तीन महिनादेखि तलब नपाएको भन्दै एयरपोर्टलाई अन्तर्राष्ट्रिय स्तरबाटै कालोसूचीमा राख्न लगाउने सम्मको चेतावनी दिए । उनले तत्काल समस्या समाधानतर्फ कदम नचलालिए सरकार, पर्यटन मन्त्रालय, मन्त्री योगेश भट्टराई विरुद्ध श्रमिकको आन्दोलन चर्किने र एयरपोर्ट बन्द हुने चेतावनी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved