नेवारी परिकार ‘यमरी’ चाख्ने मन छ ? भोली असन आउनोहोस्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2019 | 12:18:41 PM मा प्रकाशित

laxmi  sunrise bank

उपत्यकामा नेवारी समुदायले विशेष रुपमा बनाईने यमरीको संरक्षण गर्न यःमरी पुन्ही फुड फेस्टिवल आयोजना गरिने भएको छ । पर्यटन बिद्यार्थी मञ्च–नेपालले शताब्दीको इतिहास बोकेको यमरीको स्वाद चखाउन ‘यमरी पुन्ही फेस्टिवल ११४०’ को आयोजना गर्न लागेको हो । 

लोप हुदै गएका मौलिक खानाको प्रचार गर्न र नेवारी समुदायका परिकारहरुलाई जोगाउन यमरी पुन्ही फेस्टिवलको आयोजना गर्न लागिएको मञ्चका अध्यक्ष अभिषेक अर्यालले जानकारी दिएका छन् । उक्त कार्यक्रम काठमाडौँस्थित सेतो मछिन्द्रनाथ मन्दिर परिसरमा भोली शनिबार आयोजना हुँदैछ । कार्यक्रममा सहभागीलाई यमरी परिकार बनाउन सिकाईने आयोजकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved