मन्त्री भट्टराई भन्छन्, ‘पर्यटनबारे अनुसन्धान नै भएन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2019 | 10:50:09 AM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले नेपालको पर्यटन क्षेत्रको बारे अनुसन्धान नभएको बताएका छन् । उनले खोज तथा अनुसन्धानको अभावका कारण नेपालको पर्यटन क्षेत्रले चाहे जति प्रगति हासिल गर्न नसकेको उनको भनाई छ । 

अनुसन्धानबाट तयार भएको दस्तावेजको अभावका कारण प्रभावकारी पर्यटकीय योजना बन्न नसकेको भन्दै उनले आगामी वर्ष सरकारले पर्यटनको अनुसन्धानलाई प्राथमिकता दिएको बताए । काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले भने, ‘अब पहिलो काम पर्यटन क्षेत्रकै खोज र अनुसन्धान गर्नुपर्ने छ, त्यही अनुसन्धानको दस्तावेजका आधारमा नयाँ योजना बनाउनु जरुरी छ, यो काम आगामी वर्षदेखि शुरु हुन्छ ।’

उनले नेपाल भ्रमण वर्ष २०२० चल्दै गर्दा आगामी दशकलाई पर्यटन प्रवद्र्धन दशकको घोषणा गरिने जानकारी दिँदै भ्रमण वर्षमा पर्यटक मात्रै भित्र्याउने मात्रै उद्देश्य नभई उनीहरुको नेपाल बसाइ लम्ब्याउने, खर्च बढाउने र रोजगारी सिर्जना गर्ने सरकारको उदेश्य रहेको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved