हिउँले ढाक्दा यस्तो देखियो सैलुङ (फोटो फिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2019 | 01:35:23 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछाप र दोलखा जिल्लाको सीमानामा पर्ने सैलुङमा पानी हिउँ परेको छ । पश्चिमबाट प्रवेश गरेको न्यून चापीय प्रणालीका कारण हिउ परेपछि हिउँ खेल्ने आन्तरिक पर्यटक बढका छन् । सैलुङमा समान आकारका सयभन्दा धेरै थुम्काहरु छन् । यसैकारण सो क्षेत्रलाई सैलुङ भन्ने गरिन्छ । सैलुङमा हिउ खेल्न हाल काठमाडौँसहित विभन्न क्षेत्रबाट मानिसहरु पुग्ने गरेका छन् । जिल्लाको दोरम्बा गाउँपालिकाले हिउँ खेल्न सैलुङ आउने पर्यटकको संख्या बढेको जानकारी दिएको छ । 

सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’का रुपमा मनाउने घोषणा गरेसँगै आन्तरिक रुपमा पनि पर्यटकको चहलपहल बढेको छ । पर्यटन विषयका जानकारहरु भ्रमण वर्ष आम सर्वसाधारणको नारा बन्नुपर्ने तर्क गरिरहेका छन् । सरकारले सैलुङ क्षेत्रको विकासका लागि आवश्यक योजना र बजेटको प्रवन्ध गर्न सकेको खण्डमा सैलुङ चाँडै स्थापीत पर्यटकीय गन्तव्य बन्न सक्नेछ । गाउँपालिकाले सैलुङको विकास र सो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा चिनाउन आवश्यक पहल भईरहेको जनाएको छ । 

हिउँ परेपछिको सैलुङः 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved