हराएका संस्कृतिलाई पुनर्जीवन दिँदै ‘होमस्टे’

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 12, 2020 | 02:06:03 PM मा प्रकाशित

laxmi  sunrise bank

घरबास (होमस्टे कार्यक्रम) सन् २०११ को पर्यटन वर्षपछि क्रमिक रुपमा संस्थागत हुँदै गएको ‘पर्यटन प्रोडक्ट’ हो । २०३५ सालको पर्यटन ऐनले होमस्टेलाई नसमेटे पनि हाल नयाँ पर्यटन ऐनको मस्यौदा तयार भएको छ । नयाँ एनेको मस्यौदामाथिको छलफलमा होमस्टेलाई नसमटिएको भन्दै होमस्टे अभियान्ताले विमति जनाए । त्यसपछि थप्ने काम भयो । पर्यटन सम्बन्धि नयाँ कानुनले होमस्टे सञ्चालनको अनुपतिपत्र स्थानीय तहले दिने गरी व्यवस्था गर्न लागेको छ ।

सन् २०११ मा ‘पर्यटनका लागी सँगसँगै’ भन्ने नारासहित ‘नेपाल पर्यटन वर्ष–२०११’ मनाईयो । १० वर्षे जनयुद्धले नेपालको पर्यटन क्षेत्र धाराशायी बनेको थियो । ‘आन्तरिक द्वन्द छ, नेपालमा जानु हुँदैन’ भन्ने विदेशीको मानसिकतामा परिवर्तन ल्याउन त्यतिबेला पर्यटन वर्षको आयोजना गरिएको थियो । त्यतिबेला संसदमा प्रतिनिधित्व गरेका सबै दलका नेतालाई टुँडिखेलको चौरमा राखेर ‘हामी शान्ति चाहान्छौ, आजदेखी नेपालमा युद्ध र हिंसा हुँदैन र गर्दैनौ’ भन्ने सामुहिक कसम खुवाईयो ।

छोटो इतिहास बोकेको होमस्टेले स्थानीय स्तरमा आर्थिक कारोबारसँगै ग्रामिण क्षेत्रमा पर्यटकीय गतिविधि बढाइरहेको यसका अभियान्ताहरुको दाबी छ ।

संस्कृति जोगाउँदै होमस्टे

नेपाल पर्यटन वर्ष २०११ मा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका प्रचण्डमान श्रेष्ठ गाउँ गाउँमा पुगे । उनी र उनको टोली जहाँ जहाँ पुग्यो, त्यहाँ त्यहाँ सके हप्ताको एकचोटी, नसके महिनाको एक चोटी भएपनि गाउँले भेला भएर रमाइलो गर्नुपर्छ भन्ने सन्देश फैलाए । यो अभियान नै हाल होमस्टेको रुपमा विकास भएको छ । आएका पाहुनालाई सम्मान र सत्कार गरेर राखेपछि, खुवाएपछि केही पैसा लिनुपर्छ भन्ने मान्यताको विकास भयो । 

होमस्टे एशोसिएसन नेपाल (होसान)का अध्यक्ष केशव बडालका अनुसार हाल देशका ५७ जिल्लामा करिब ६ सयभन्दा धेरै घरवास सञ्चालनमा छन् । होमस्टेले आवास तथा खानाका लागि आउने पर्यटकका लागि साँझ सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिने गरेको छ ।

तराईका जिल्लामा सञ्चालित होमस्टेले स्थानीय संस्कृति झल्किने नाँचगान देखाउँछन् । होमस्टेले लोप हुने अवस्थामा पुगेका संस्कृतिहरुलाई जोगाएको छ । तराईको थारु नाचलाई देश तथा विदेशमा होमस्टेले नै परिचित बनाएको छ । तराई क्षेत्रमा चलिरहेका होमस्टेले दैनिक साँझ आफ्ना विभिन्न संस्कृति देखाउने गर्दा लोप हुने अवस्थामा रहेका संस्कृतिहरुले पुनर्जीवन पाएका छन् । कैलालीको भादा, कञ्चनपुरको भीमदत्तनगर, बाँकेको गाभरभ्याली, बर्दियाको डल्ला र चितवनका होमस्टेहरुमा थारु नाच देखाइन्छ ।

लमजुङको घलेगाउँ, काभ्रेको पात्लेखेतलगायत होमस्टे देशका नमूना घरबास कार्यक्रम हुन् ।

यसअघि:

जनयुद्दको घाउ बिर्साउने प्रचण्डमानको अभियान र आजको ‘होमस्टे’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved