शरद ऋतुमा आरोहीः सगरमाथा छोडेर मनास्लु तिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2020 | 04:44:03 PM मा प्रकाशित

laxmi  sunrise bank

शरद ऋतुमा २५ हिमाल आरोहण भएको छ । पर्यटन विभागले शरद ऋतुमा ५३ हिमालमा आरोहणका लागि अनुमति जारी भएको जनाएपनि तीमध्ये २५ वटामा मात्र आरोहण भएको छ ।

शरद ऋतुमा ५३५ जनाले विभिन्न हिमालको आरोहण गरेका छन् । ९५१ जना चुचुरोमा पगेकोमा ४१६ सहयोगी छन् । जम्मा १ हजार २१० जनाले आरोहण अनुमति लिएका थिए । आरोहीमध्ये ४१७ जना पुरुष र ११८ जना महिला छन् । 

यस ऋतुमा सगरमाथामा भने आरोहण हुन सकेन । शरदमा १८८ जना आरोहीले ८ हजार १६३ मिटरको मनास्लु हिमाल आरोहण गरेका छन् । त्यसपछि १८१ आरोहीले आमादब्लम हिमालको सफल आरोहण गरेका छन् । यी बाहेक ६ हजार १२ मिटर उचाईको थापा पीकको ४४ जना र ७ हजार २२६ मिटर उचाईको हिमलुङ हिमाल ६६ आरोहीले आरोहण गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved