पशुपति क्षेत्रका फुलमाला पसल हटाउन ७ दिने अल्टिमेटम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2020 | 04:02:38 PM मा प्रकाशित

laxmi  sunrise bank

पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरका फूलमाला पसल तथा टहरा हटाउन निर्देशन दिएको छ । कोषले दोस्रो पटक सूचना जारी गरेर विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र परिसरमा स्वीकृत नलिई सञ्चालित पसल तथा बसोबासका लागि बनाइएका अस्थायी टहरा ७ दिनभित्र हटाउन निर्देशन दिएको हो । सूचना प्रकाशित भएको एक साताभित्र पसल तथा टहरा नहटाए कोष आफैंले प्रचलित कानुनअनुसार हटाउने चेतावनी दिएको छ । 

‘पशुपति क्षेत्रका मूल सडक, सहायक सडकहरूका पेटी, डबलीहरू र खुला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथक्षेत्र र वनगणेश लगायत क्षेत्रमा अव्यवस्थित तबरले छाप्रा बनाई फूल, उपहारजन्य पसल व्यवसाय गर्ने र बसोबास गर्ने कार्यहरू भए गरेबाट यस क्षेत्रको सौन्दर्यतामा नकारात्मक असर पर्नुका साथै भक्तजन, तीर्थयात्री, पर्यटक र पैदलयात्रीको आवगमनमा समेत अवरोध पुग्न गएको छ’ कोषले जारी गरेको सूचनामा उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved