कालिञ्चोकमा पहिलो पटक स्की महोत्सव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2020 | 09:48:07 AM मा प्रकाशित

laxmi  sunrise bank

दोलखाको कालिञ्चोकलमा पहिलो पटक स्की महोत्सव हुने भएको छ । जमेको हिउँको उपयोग गर्दै स्की तथा स्नो बोर्ड प्रतिष्ठानले दोलखाको कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा प्रथम कुरी स्की÷स्नोबोर्ड च्याम्पियनशीप खेल महोत्सव आयोजना गर्न लागेको हो ।

माघ ९ देखि ११ गतेसम्म कालिञ्चोक क्षेत्रमा आधारभूत स्की तालीम तथा महोत्सव गरी प्रतियोगितासमेत गरिने भएको हो । स्की तथा स्नो बोर्ड प्रतिष्ठानलका अध्यक्ष उत्सव पाठकले दोलखाको पर्यटन विकास गर्न महोत्सव गर्न लागिएको जानकारी दिए । ‘नेपालमा स्की खेलको सम्भावना छ’ भन्ने देखाउन पनि प्रतियोगिता गरिने उनले बताए ।

महोत्सव अवधिमा दश जना प्रशिक्षकबाट इच्छुकलाई साधारण ज्ञान तथा तालीम दिइने छ । करिब पाँच हजारले महोत्सव अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ  ।

प्रतिष्ठानले यसअघि रोल्वालिङ, हुम्लाको सिमिकोट, डोल्पाको पुथा हिमचुली, सोलुखम्बुको मेरा पीक, मनाङको खाग्ङला ग्लेसीयर, मुस्ताङको मुक्तिनाथ आसपास र कास्कीको अन्नपूर्ण आधारशिविर क्षेत्रमा स्की तथा स्नो बोर्डिङसम्बन्धी खेल गतिविधि तथा कार्यक्रम सञ्चालन गरिसकेको छ ।

युवालाई स्की खेलप्रति आकर्षित गर्दै दोलखालाई साहसिक खेलको केन्द्र बनाउने महोत्सवको उद्देश्य रहेको इभेन्ट म्यानेजर सौगात थापाले बताए ।  विजयी खेलाडीलाई नेपाल स्की एशोसियसनको सहयोगमा राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने थापाले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved