पर्यटन बोर्डको सिइओ नियुक्तिमा ढिलाई नगर्न मन्त्री भट्टराईको ध्यानाकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2020 | 09:21:27 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन क्षेत्रका क्रियाशिल व्यवसायीक संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईलाई भेटेर विभिन्न शीर्षकमा ध्यानाकर्षण गराएका छन् । उनीहरुले मन्त्री भट्टराईलाई भेटेरै नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति, नेपाल वायु सेवा निगमको रिक्त कार्यकारी अध्यक्षको नियुक्ति लगायतमा गम्भीर बन्न ध्यानाकर्षण गराएका हुन् ।

मन्त्री भट्टराईसँगको भेटमा पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम खुबेदीले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिमा ढिलाई नगर्न आग्रह गरेका छन् । उनले मन्त्री भट्टराईलाई भेटेरै बोर्डको रिक्त सिइओ नियुक्ती गर्न ध्यानाकषर्ण गराएका हुन् ।

बोर्डको सीईओ छनौटमा ढिलाई हुँदै गएपछि पर्यटनको प्रचार गर्ने पब्लिक प्राइभेट पार्टनसीपको मुख्य निकाय नै कार्यकारी बिहिन हुँदा भ्रमण वर्ष नै प्रभावित हुने भन्दै नाट्टाका अध्यक्ष अच्युत गुरागाँई, हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहलगायतले मन्त्री भट्टराईको ध्यानाकर्षण गराएका हुन् । बोर्डको सिइओसँगै नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि रिक्त रहेको कार्यकारी अध्यक्षको पद पनि यथाशिघ्र पूर्ती गर्न उनीहरुले आग्रह गरेका छन् ।

नाट्टाका अध्यक्ष अच्युत गुरागाँई, हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहलगायतले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा स्वीकार गर्न र पर्यटन प्रवद्र्धनका निकायहरुमा रिक्त रहेको पद तत्काल पूर्ती गर्न मन्त्री भट्टराईको ध्यानाकर्षण गराएका हुन् । 

बोर्डको सिईओ छनौट उपसमितिले १७ जनाबाट ९ र ९ जना बाट ३ जनाको नाम समितिमा पठाएपनि समतिले नयाँ सिईओ तोक्न सकेको छैन । उपसमितिले धनन्जय रेग्मी, दीपक बास्ताकोटी र हिक्मतसिंह ऐरको नाम पठाएपनि बोर्डको अध्यक्ष समेत रहेका पर्यटन सचिव केदार बहादुर अधिकारीले पटक पटक बैठक स्थगित गर्दै आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved