बढेनन् नेपाल आउने पर्यटक, कुन देशबाट कति ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 26, 2020 | 01:06:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन हुनु एकदिन अघि अर्थात् ३१ डिसेम्बर २०१९ सम्म नेपालमा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक भित्रिएका छन् । १ जनवरी २०२० मा काठमाडौँमा ‘नेपाल भ्रमण वर्ष २०२०’को उद्घाटन भईरहँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, पर्यटन बोर्डका पूर्व सिइओ दीपकराज जोशी लगायतले सन् २०१९ मा १५ लाखको हाराहारीमा पर्यटक भित्रिएको दाबी गरिरहे । 

तर उनीहरुको दाबी ३ लाखभन्दा धेरैले पुगेन । सन् २०१९ मा नेपाल भित्रिएका पर्यटकको संख्या सन् २०१८ को तुलनामा २.०५ प्रतिशतले बढी हो । वर्ष २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल आएका थिए ।

अघिल्लो वर्षको तुलनामा झिनो संख्यामा मात्रै पर्यटक आगमन बढेपछि भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउन थप कठिनाई देखिएको हो । २०१९ मा आएका पर्यटकको संख्याले भ्रमण वर्षलाई थप निराशा बनाएको छ । 

कन देशबाट कति पर्यटक आए ?

सन् २०१९ मा सबैभन्दा धेरै पर्यटक दक्षिणी देश भारतबाट आएका छन् । २ लाख ५४ हजार १५० जना भारतीय पर्यटक नेपाल आएका छन् । त्यसपछि सबैभन्दा धेरै पर्यटक पठाउने देशको दोस्रो सूचीमा छ उत्तरी छिमेकी देश चीन । २०१९ मा १ लाख ६८ हजार ५४३ जना चीनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अमेरिकाबाट ९३ हजार २१८ जना र बेलायतबाट ६१ हजार १४४ जनाले नेपाल भ्रमण गरेका छन् । सबैभन्दा धेरै पर्यटक आएका देशको पाँचौ नम्बर छ श्रीलङ्का । ५५ हजार ८६९ जना श्रीलङ्काली नागरिकले नेपाल भ्रमण गरेका छन् । 

थाइल्याण्डबाट ४१ हजार ४५३ जनाले नेपाल भ्रमण गर्दा ३८ हजार ९७२ जना अष्ट्रेलियाली नागरिकले नेपालको भ्रमण गरेका छन् । जर्मनीबाट ३६ हजार ६४१, म्यानमारबाट ३६ हजार २७४ र फ्रान्सबाट ३० हजार ६३६ जनाले नेपाल भ्रमण गरेका छन् । 

यी मुख्य १० देशबाट आएका पर्यटकको संख्या कुल संख्याको करिब ६५ प्रतिशत हो ।

कुन नाकाबाट कति पर्यटक भित्रिए ?

स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भैरहवा नाकाबाट भित्रिएका छन् । सन् २०१९ मा उक्त नाकाबाट १ लाख ६१ हजार ३९६ जना पर्यटक भित्रिएका छन् । दोस्रो नाकामा रसुवागढी छ । रसुवागढी नाकाबाट सन् २०१९ मा २६ हजार ७१३ जना पर्यटक नेपाल प्रवेश गरेका छन् । 

पूर्वको काकारभिट्टा नाकाबाट ८ हजार ४८० जना पर्यटक नेपाल भित्रिँदा पश्चिम महेन्द्रनगर नाकाबाट २ हजार ९७६ जना पर्यटक नेपाल आएका छन् । वीरगञ्ज नाकाबाट १ हजार १९२, नेपालगञ्जबाट ४४२ र धनगढीबाट १०८ जना पर्यटक स्थलमार्ग हुँदै नेपाल आएको अध्यागमन विभागले जनाएको छ । 

सन् २०१९ को अवधिभर हवाईमार्ग हुँदै विभिन्न देशबाट ९ लाख ९५ हजार ८८४ जना विदेशी पर्यटक नेपाल आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved